सात हजार शिक्षकको आवेशदन खुल्ला

१६ बैशाख २०७१, मंगलवार ०७:०२ मा प्रकाशित

काठमाडौं, १६ वैशाख । शिक्षक सेवा आयोगले ७ हजार शिक्षक पदका लागि आवेदन खुला गर्ने भएको छ । देशभरका रिक्त रहेका शिक्षकको तथ्यांक संकलन गर्नासाथ साउन महिनाभित्रै नयाँ विज्ञापन खुला गर्ने जनाएको छ ।

०७० साउनदेखि ०७२ असारसम्मको रिक्त भएको पदको तथ्यांक आउनासाथ विज्ञापन खुला गर्ने अन्तिम तयारी भइरहेको आयोगका प्रवक्ता खगेन्द्र नेपालले बताए । आयोगले गत वर्ष १३ हजार ५९ दरबन्दीका लागि विज्ञापन माग गरेको थियो । ‘यस वर्ष एकैपटक दुई वर्षकै विज्ञापन खुलाउन लागेको हौं,’ नेपालले भने ।

१३ हजार ५९ पदका लागि लिएको परीक्षाको नतिजा आउनासाथ नयाँ विज्ञापन खुला गर्नेछौ, उनले भने । आयोगले चालू भइरहेको मावि, निमावि र प्रावि तहको अन्तरवार्ता सक्नासाथ नयाँ विज्ञापन खोल्ने जनाएको छ । सबै तहको अन्तरवार्ता जेठ ३ गते पूरा हुँदै छ ।

१७ वर्षपछि विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले गत जेठ ९ देखि ११ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न