एमाओवादीका अधिकांश जिल्ला नेतृत्वविहीन

१६ बैशाख २०७१, मंगलवार ०५:३८ मा प्रकाशित

काठमाडौं, १६ वैशाख । एमाओवादीले अधिकांश जिल्लामा पदाधिकारी निर्वाचित गर्न नसकी राष्ट्रिय सम्मेलन प्रतिनिधि मात्र चयन गरेको छ । जिल्ला नेताहरूबीच विवाद भएपछि पदाधिकारी चयन हुन नसकेको हो ।

सम्मेलन सकिएका करिब ६० जिल्लामध्ये एक दर्जनमा मात्र अध्यक्षसहित पदाधिकारी चयन भएका छन् । तिनमा दाङ, रोल्पा, म्याग्दी, स्याङ्जालगायत जिल्लामा अध्यक्ष चयन भएको छ । रूपन्देही, बैतडीका जिल्ला सम्मेलनमा हात हालाहाल भएको छ । काठमाडौं, ललितपुर, कास्की, कञ्चनपुर, दैलेख, सिन्धुपाल्चोक, बागलुङ, रुकुम, सल्यानलगायत जिल्लामा पदाधिकारी चयन हुन सकेको छैन ।

सम्मेलन भएकाले जिल्ला समिति र राष्ट्रिय सम्मेलन प्रतिनिधि बनाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षबीच पदाधिकारी लिने संघर्ष जिल्लामा देखिएको छ । पदाधिकारी चयन हुन नसकेका जिल्लामा राष्ट्रिय सम्मेलनपछि मात्र त्यसलाई पूर्णता दिइने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । ‘सहमतिका लागि समय नपुगेकाले राष्ट्रिय सम्मेलनपछि मात्र जिल्लामा पदाधिकारी चयन हुनेछ,’ उनले भने, ‘पदाधिकारीका लागि आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक छ ।’

अधिकांश जिल्लामा ५१ सदस्यीय बनाउनुपर्ने भएकाले नेताहरूबीच ‘तँछाडमछाड’ भएको हो । दुई सय हाराहारीको जिल्ला समितिलाई ५१ मा झारिएको हो । काठमाडौंलाई ‘विशेष जिल्ला’का रूपमा लिँदै ७५ सदस्यीय समिति बनाइएको छ । सबभन्दा बढी ५७ जना राष्ट्रिय सम्मेलन प्रतिनिधि काठमाडौंबाट चयन भएका छन् । ती सबै सर्वसम्मत भएको इञ्चार्ज हिसिला यमीले जानकारी दिइन् ।

को कहाँबाट प्रतिनिधि बने ?

अध्यक्ष दाहाल सिरहा, नेताहरू भट्टराई गोरखा र श्रेष्ठ मकवानपुरबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । तीनै जना सर्वसम्मत चयन भएका हुन् ।

नेता पोस्टबहादुर बोगटी नुवाकोट, अग्नि सापकोटा सिन्धुपाल्चोक, हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा रुकुमबाट चुनिएका छन् । काठमाडौंबाट लीलामणि पोख्रेल, हिसिला यमी, देवेन्द्र पौडेल, सोनाम साथी, हिमाल शर्मा प्रतिनिधि भएका छन् । टोपबहादुर रायमाझी अर्घाखाँची, हितराज पाण्डे गोरखा, दीनानाथ शर्मा बागलुङ, नन्दकिशोर पुन रोल्पा, गिरिराजमणि पोख्रेल महोत्तरी, शक्तिबहादुर बस्नेत जाजरकोट, लोकेन्द्र बिष्ट म्याग्दीबाट प्रतिनिधि चुनिएका छन् ।

केन्द्रमा सर्वसम्मत प्रयास हुने

एमाओवादीले राष्ट्रिय सम्मेलनमा सकेसम्म सर्वसम्मत केन्द्रीय समिति बनाउने प्रयास गर्ने जनाएको छ । हाल अढाई सयभन्दा बढी केन्द्रीय सदस्यलाई ९९ मा झार्ने चुनौती भएकाले निर्वाचन हुने सम्भावना छ ।

‘सकेसम्म सर्वसम्मतको प्रयास हुनेछ,’ नेता सापकोटाले भने, ‘भएन भने निर्वाचनमा जाने विधि पनि बनेको छ ।’ केन्द्रीय समितिमा आउन चाहनेको संख्या ठूलो भएकाले व्यवस्थापनको चुनौती नेतृत्वसामु छ । तीन पक्षबीच भागबन्डा गर्न सर्वसम्मत प्रयास हुने नेताहरूको भनाइ छ । विगतमा जस्तो गुटका आधारमा भागबन्डा गर्ने पक्षमा अध्यक्ष दाहाल नभएको उनीनिकट नेताले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा