२० लाख खर्चेर प्रहरी भवन उद्‌घाटन

१६ बैशाख २०७१, मंगलवार ०५:२९ मा प्रकाशित

काठमाडौं, १६ वैशाख । उपप्रधानमन्त्री वामदेव गौतमले सामान्य औपचारिक कार्यक्रममा समेत खर्चिलो सहभागिता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको भवन उद्‌घाटन गर्न उनी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सेनाको ‘एमआई १७’ हेलिकप्टर लिएर सोमबार बिहान त्यहाँ पुगे ।

त्यसको फाइदा उठाउँदै उनले छिमेकी जिल्ला प्यूठानको कार्यकर्ता भेलासमेत भ्याए । त्यहाँ पनि उनी प्रहरी महानिरीक्षकलगायत प्रहरी वरिष्ठ अधिकारीहरूसँगै थिए । सरकार र विदेशी दातृ संस्थाको आर्थिक सहयोगमा २०७० वैशाखमा नै यसको निर्माण पूरा भएको थियो । तर भवन उद्घाटन गर्न ‘विशिष्ट व्यक्ति’को समय नमिल्दा एक वर्षदेखि रोकिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय उद्घाटनका क्रममा उनले स्थानीय सरकारी कार्यालयका प्रमुखलाई भेटेका थिए । त्यसपछि उनले स्थानीय पार्टी कार्यालयमा गएर कार्यकर्तासँग भेटघाट गरे । त्यहाँबाट उनको टोली प्यूठान क्षेत्र नम्बर १ मा कार्यकर्ता भेटघाटका लागि पुगेको थियो । त्यहाँ इलाकास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम थियो । उनी स्थानीय प्रहरी कार्यालयमा समेत पुगेनन् ।

‘प्रहरीको भवन उद्घाटन भने पनि गृहमन्त्रीज्यूको भ्रमण पार्टीको कार्यक्रममा सहभागी हुन आएजस्तो थियो,’ अर्घाखाँचीका एक सरकारी कर्मचारीले भने, ‘भवन उद्घाटन जस्तो सामान्य काममा समेत भडकिलो ठाँट देखिएको थियो ।’ त्यहाँ भेटघाट र भाषण सकिएपछि उनीहरू प्यूठानमा नै रहेको स्वर्गद्वारी मन्दिर दर्शन गर्न हेलिकप्टर चढेर गएका थिए ।

मन्दिर दर्शनपछि गृहमन्त्री गौतमलगायत अन्य पोखरा हुँदै साँझ ६ बजे काठमाडौं आइपुगेका थिए । नेपाली सेनाले जनाएअनुसार ३ घन्टाका लागि हेलिकप्टर भाडामा लिन पत्राचार भएको भए पनि दिनभर नै राखिएको थियो । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर आयोजकले बेहोर्ने गरी उपलब्ध गराइएको हो ।

एक घन्टाको ४ लाख ९७ हजार २ सय ५० रुपैयाँ लाग्छ । गृहमन्त्री ४ घन्टा उडेका थिए । त्यसले १९ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ । गृहमन्त्री गौतम यसअघि धादिङमा पनि हेलिकप्टर चार्टर गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जाँदा विरोध भएको थियो । कार्यालय भवन, ब्यारेक र भान्सा घर सहितको भवन फिनल्यान्ड सरकार, स्विस डेभलपमेन्ट कर्पोरेसन र डीएफआईडीको आर्थिक सहयोगमा २ करोड ७२ लाख ५६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले