अमेरिकामा आँधीबाट दशको मृत्यु

१५ बैशाख २०७१, सोमबार २१:२५ मा प्रकाशित


एएफपी
वासिङटन, १५ वैशाख । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्यमा आएको शक्तिशाली आँधीमा परी १० व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकाका आर्कान्सस र आक्लाहोमा राज्यको सङ्कट व्यवस्थापन अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार ती क्षेत्रमा आधीको प्रभाव देखिएको छ ।
अर्कान्सस सङ्कट व्यवस्थापन विभागका अधिकारीका अनुसार सो आधीका कारण आठ व्यक्तिको मृत्यु भएको छ ।
त्यसैगरी ओक्लाहोमामा पनि दुई व्यक्तिको सोही घटनामा मृत्यु भएको ओक्लाहोमा सङ्कट व्यवस्थापन विभागका अधिकारीहरुले जनाएका छन् ।
आधी प्रभावित क्षेत्रमा सहयोगको लागि सैनिक, प्रहरी, सुरक्षाकर्मी तैनाथ गरिएको जनाइको छ । सो आँधीबाट केही भवनहरु क्षतिग्रस्त भएको ओक्लाहोमाको सो विभागले एएफपी समाचार समितिलाई जनाएको छ ।
आधीबाट भएको क्षतिको पूरा विवरण आइसकेको छैन । अधिकारीहरुले उद्वारको काम जारी रहेको बताएका छन् । सोमबार बिहानसम्म पनि सो क्षेत्रमा आधीको प्रभाव रहेको भन्दै उद्वारका लागि पूर्ण रुपमा प्रयासहरु जारी राख्न सकिएको छ्रैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

आजको प्रमुख समाचार