८५ बालबालिका विद्यालय जानबाट वञ्चित

१५ बैशाख २०७१, सोमबार १८:०० मा प्रकाशित

कञ्चनपुर, १५ वैशाख । कञ्चनपुरस्थित नौखरी मुक्तकमैया वस्तीका ८५ जना बालबालिका विद्यालय जानबाट वञ्चित रहेका छन् ।
आर्थिक अवस्था कमजोर रहेका कारण अभिभावकहरुले बालबालिकालाई विद्यालय नपठाएका हुन् । दैनिक खर्च जुटाउनका लागि अभिभावकले मजदुरीका लागि जानुपर्ने हँुदा घर कुर्नु पर्ने बाध्यताले बालबालिका विद्यालय जान नपाएको जनभावना निम्नमाध्यमिक विद्यालयका प्रध्यानाध्यापक पुष्पराज भट्टले बताए ।
वस्तीमा विद्यालय पठाउने उमेर पूरा भएका चार वर्षदेखि १६ वर्षमुनिका गरी ८५ जना छन् ।
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले थालेको सबैका लागि शिक्षा कार्यक्रमअन्तर्गत विद्यालय नजाने बालबालिकाको तथ्याङ्क सङ्कलनका क्रममा ती बालबालिका विद्यालय नजाने गरेको फेला परेका हुन् । चेतना कमीका कारण अधिकांश अभिभावकले ठूलो उमेरका बालबालिकालाई विद्यालय भर्नाका लागि ल्याउने गरेकाले पनि बीचमै विद्यालय छाड्ने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार