आगलागीमा करिब ८५ लाखको क्षति

१५ बैशाख २०७१, सोमबार १५:२५ मा प्रकाशित

काठमाडौं, १५ वैशाख । काठमाडौंस्थित ‘कोटेश्वर तरकारी बजार’ मा आगलागी हुँदा करिब ८५ लाख बराबरको क्षति भएको छ ।

निजी क्षेत्रबाट सञ्चालित तरकारी बजारमा आज (सोमबार) बिहान करिब ४ बजे विद्युत् सर्ट भई आगलागी भएको प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । बजारका १५ बिक्री कक्षमध्ये ११ वटामा राखिएका आलु, प्याज, लसुन, बन्दा काउलीलगायत तरकारी जलेर नष्ट भएका छन् ।

आगलागी भएको जानकारी पाउने वित्तिकै सुरक्षाकर्मी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो । आगलागी भएका पसलको बीमा रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार