कारबाही निर्देशन पालना गर्न आलटाल

१५ बैशाख २०७१, सोमबार ०७:०६ मा प्रकाशित

काठमाडौं, १५ वैशाख । उद्योग मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयले अनियमितता गर्ने कर्मचारीको कारबाही प्रक्रिया अघि बढाउन राष्ट्रिय सतर्कता केन्द्रले दिएको निर्देशन पालना गर्न आलटाल गरेको छ ।

स्वास्थ्य मन्त्रालयका १० औं तहमा कार्यरत डा.जागेश्वर गौतमले आफू कार्यरत रहेको गोरखा अस्पतालमा काम नगरी चितवन र काठमाडौंका अस्पतालमा काम गरेको तथा चितवन मेडिकल कलेजको शेयर सम्झौता सम्बन्धमा अनियमितता गरेकाले डा. गौतमलाई र शेयर सम्झौतामा मुछिएका उद्योग विभाग तथा कम्पनी रजिस्टारको कार्यालयका कर्मचारीलाई कारबाही गर्न केन्द्रले दिएको निर्देशन तीन मन्त्रालयले पालना गरेका छैनन् ।

डा.जागेश्वर गौतमविरुद्ध स्वास्थ्य सेवा ऐन २०५३ विपरित २ वर्षसम्म चितवन मेडिकल कलेज सञ्चालक भई गैर कानुनी रुपले व्यापार व्यवसाय गरेको तथा कलेजको अध्यक्ष पदबाट राजीनामा दिइसकेपछि पनि अनधिकृत रुपमा विदेशी नागरिकसँग शेयर खरिद सम्झौता गरेको लगायतका विषयमा सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

सो उजुरीमा अनुसन्धान गरी केन्द्रले माघ २३ गते मन्त्रालयलाई चितवन मेडिकल कलेजमा अवैध रुपमा भएको शेयर नामसारी रद्ध गरी ३० दिनभित्र जानकारी दिन निर्देशन दिएको थियो ।

उद्योग मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शेयर खरिद सम्झौतामा गरेको जालसाजीका बारेमा अनुसन्धान गरी दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि नबढाएकाले सतर्कता केन्द्रले यही बैशाख ८ गते १५ दिनभित्र जानकारी दिन दोस्रो पटक पनि ताकेता गरेको स्रोतले बताएको छ । नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत