मंगलबारदेखि संसद अधिवेशन अन्त्य हुने

१५ बैशाख २०७१, सोमबार ०५:४० मा प्रकाशित

काठमाडौं, १५ वैशाख । अर्थमन्त्री रामशरण महतले सरकारले आगामी आर्थिक वर्षको बजेट जेठभित्रै संसदमा पेस गर्ने बताएका छन् । संसदको अर्थ समितिको बैठकमा आइतबार मन्त्री महतले असारभित्र पारित गरिसक्ने गरी जेठमै बजेट ल्याउने गृहकार्य भइरहेको जनाएका हुन् ।

बजेट पारित गर्न हुने ढिलाइले विकास खर्च र ठूला विकासका योजना कार्यान्वयन प्रभावकारी हुन नसकेको सन्दर्भमा अर्थमन्त्रीले यस्तो जानकारी गराएका हुन् । अर्थमन्त्री उक्त संसदीय समितिको पदेन सदस्य हुन् ।

सदनका लागि खास ‘बिजनेस’ नभएकाले सरकारले मंगलबारै संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको संसद सचिवालयका एक अधिकारीले बताए ।

समितिका सचिव कृष्णहरि खडाका अनुसार बैठकले आफ्नो कार्यविधि प्रक्रिया सुरु गरेको हो । ‘पहिलो बैठक भएकाले कार्यविधि निर्माण प्रक्रिया मात्र सुरु गरेका छौं,’ उनले भने, ‘समितिले आफ्नो कार्यक्षेत्रका मन्त्रालयका प्रतिनिधिहरूलाई नियमित बैठकमा बोलाउने निर्णय पनि गरेको छ ।’

समितिको कार्यक्षेत्रमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय पर्छन् । सचिव खडाका अनुसार समितिले तीनै निकायका प्रतिनिधिहरूसँग ‘ब्रिफिङ’ लिएर काम अघि बढाउने छ । ‘सभापति चयनपछि नै यो प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

समितिको पहिलो बैठकमा अधिकांश सदस्यहरूले नेतृत्व चयन र नयाँ बजेटबारे जिज्ञासा राखेका थिए । संसदीय समितिमा सभापतिको निर्वाचन सभामुखले तोकेको मितिमा हुने नियमावलीको व्यवस्था छ । यसअघि संविधानसभाका पाँच वटा समितिको नेतृत्व चयन भइसकेको छ ।

सभामुख सुवास नेम्बाङले सभापति निर्वाचनको तिथि छिट्टै तोक्ने उल्लेख गर्दै गृहयकार्यका लागि दलहरूको ध्यानाकर्षण गराएका छन् । संसद सचिवालयका एक अधिकारीका अनुसार नेम्बाङले समितिको नेतृत्व व्यवस्थापनका लागि दलीय संख्या तलमाथि नपर्ने गरी सदस्यहरूको नाम हेरफेरको मौका दिन लागेका हुन् ।

‘सभापति निर्वाचनको तिथि घोषणापछि यस्तो हेरफेर गर्नु उपयुक्त हुँदैन,’ उनले भने, ‘दलहरूले आवश्यक ठानेमा मंगलबारको बैठक अगावै यस्तो सिफारिस गर्नु आवश्यक छ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र