बेहोस बनाएर लुट्ने सशस्त्रका भगौडा

१५ बैशाख २०७१, सोमबार ०५:३२ मा प्रकाशित

काठमाडौं, १५ वैशाख । जग्गा खरिद गरिदिने भन्दै बुटवल पुर्‍याएर नशालु पदार्थ खुवाई एक ब्यक्तिलाई लुटेको आरोपमा सशस्त्र प्रहरीका भगौडा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी लुटपाट गर्ने सशस्त्र प्रहरीका भगौड ढुण्डीराज शर्मा र अर्का एकलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार शर्मा र नुवाकोटका ज्ञानेश्वर दाहालले दोलखाका टोपबहादुर काफ्लेलाई जग्गा खरिद गरिदिने भन्दै बुटवलको स्वर्गद्धारी गेष्ट हाउसमा लगेर ५ लाख ५४ हजार रुपैंया लुटपाट गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले काफ्लेलाई लुट्ने योजना बनाएर भारतबाट बेहोस बनाउने ओषधी ल्याएर लड्डुमा मिसाई खुवाएका थिए । काफ्ले बेहोस भएपछि उनीहरु उक्त रकम लुटेर फरार भएका थिए । बाग्लुङ घर भएका ३४ बषिर्य शर्मा सशस्त्र प्रहरीबाट २०६१ सालमा भागेका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार