जस्मी र स्नेहले जिते जुनीयर स्कुल प्रिन्सेसको ताज

१४ बैशाख २०७१, आईतवार २१:१६ मा प्रकाशित

काठमाडौं । सिजन मिडियाद्धारा आयोजित ‘तेस्रो जुनियर स्कुल प्रिन्सेस–२०१४’को उपाधि सिनियरबाट साईपाल एकेडेमी स्कुलकी १३ वर्षीया जस्मी सुनुवार र जुनियरबाट रेडन स्कुलकी १० वर्षीया स्नेह श्रेष्ठले जितिन् । जस्मीले मिस इन्टेलिजेन्ट र स्नेहले मिस फोटोजेनिकको उपाधि पनि हाँसिल गरे । दुबैले ल्यापटप, साईलक तथा एक वर्ष अध्ययनका लागि पूर्ण छात्राबृति पाए ।
शुक्रबार अपरान्ह काठमाडौंको नाचघरमा सम्पन्न सो प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि सिनियरबाट सृजना बस्नेत र जुनियरबाट सम्राज्ञी लामिछानेले प्राप्त गरे । ‘सेकेण्ड रनरअप’को उपाधि सिनियरबाट कुशुम शर्मा र जुनियरबाट किशा पाण्डेले जिते । यी चार बिजेताले उपाधिसँगै साईकल र मोवाईल पनि पाए ।
६ देखि १३ वर्ष उमेरका ३६ प्रतियोगी बीच सो प्रतिस्पर्धा भएको थियो । २० दिनको विभिन्न प्रतियोगिता र प्रशिक्षण पश्चात उनीहरुलाई शुक्रबार अन्तिम प्रशिस्पर्धामा उतारिएको हो ।
जित ‘तेस्रो जुनियर स्कुल प्रिन्सेस–२०१४’मा विभिन्न उप शिर्षकका उपाधि पनि थिए । जस अन्तर्गत ‘बेष्ट फ्रेन्डसिप’को उपाधि सलोनी डँगोलले,‘बेस्ट स्माईल’को उपाधि सोनियाँ तामाङले, ‘बेष्ट हेयर’को उपाधि सेलिना सुनुवारले, ‘बेष्ट स्किन’को उपाधि क्रिस्टिना वन्तले,‘बेष्ट ड्रेस’को उपाधि एञ्जल श्रेष्ठले जिते ।
सोही प्रतियोगितामा ‘मिस हेल्दी’को उपाधि स्मारिक प्रधानले, ‘मस्ट ट्यालेन्ट’को उपाधि अमिसा पौडेलले, ‘मिस इन्थ्युसिएस्टिक’को उपाधि प्रविणा खड्गी र ‘फेसबुक लाईक अवार्ड’ प्रथा कार्की क्षत्रीले प्राप्त गरे ।
यस्तै ‘व्युटिफुल आईज’को उपाधि कुसुम शर्माले, ‘इन्नोसेन्ट चाईल्ड’को उपाधि अस्मी भारतीले, ‘बेष्ट डिसिप्लेन’को उपाधि पल्मा लामाले, ‘मिस पँचुवालिटी’को उपाधि प्राप्ती कार्कीले, ‘मिस पपुलर’को उपाधि दीया गुरुङले, ‘भिवर्स च्वाईस’ र ‘बेस्ट पर्सनालिटी’को उपाधि सृजना बस्नेतले पाए ।
प्रतियोगीहरु बीच प्रतिभा प्रस्तुतिका लागि प्रशिक्षणको क्रममा विभिन्न प्रतियोगिता समेत भएको थियो । सो प्रतियोगिता अन्तर्गत पौडीमा सोनियाँ तामाङ प्रथम, नृत्यमा जुनियरबाट अस्मी भारती र सिनियरबाट बन्दीता खतिवडा प्रथम, चित्रकलामा कुशुम शर्मा प्रथम, गायनमा इसिका शर्मा प्रथम भए । यस्तै रिपोर्ट लेखनमा जुनियरबाट प्रथा कार्की क्षत्री र सिनियरबाट अँकिता अधिकारी प्रथम, बेलुन कम्पिटिसनमा सदीक्षा कार्की प्रथम, तातोआलु प्रतियोगितामा एञ्जल शर्मा प्रथम, म्युजिक चेयर तर्फ जस्मी सुनुवार प्रथम, अक्षर लेखन तर्फ जुनियरबाट स्नेह श्रेष्ठ एवँ सिनियरबाट जस्मी सुनुवार प्रथम र गुच्चा चम्चा दौड प्रतियोगितामा सेलिना सुनुवार प्रथम भए ।
अन्तिम प्रतियोगिताको निर्णायकमा कान्जिरोजा स्कुलकी प्रिन्सिपल सम्झना खरेल,पूर्व मिस इन्टरनेशनल नेपाल शुभेच्छा खडका, डा. प्रतीक्षा चालिसे, मिस इ कलेज प्रज्ञा लामिछाने, पत्रकार समा थापा र मिस एयर होस्टेज प्रियता मोक्तान थिए ।

‘बार्षिक परीक्षा दिएर बिदामा बसेका साना नानीहरुको समयको सदूपयोग सहित उनीहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता गरिँदै आएको हो ।’ कार्यक्रममा सिजन मिडियाका अध्यक्ष प्रदीप वन्तले कार्यक्रममा भने । सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया