‘जलवायु परिवर्तनका प्रभावसँग जुध्न नेपाल प्रतिबद्ध छ’

१४ बैशाख २०७१, आईतवार २०:३० मा प्रकाशित

काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले जलवायु परिवर्तनको प्रभावसँग जुध्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलनसम्बन्धी आठौँ अन्तर्राष्ट्रिय सम्मेलनको आज (आइतबार) राजधानीमा उदघाटन गर्दै प्रधानमन्त्री कोइरालाले जलवायु प्रकोपको प्रभाव विषयगत वा क्षेत्रगत रुपमा मात्र सीमित नभएको बताए । उनले जलवायु परिवर्तनको प्रभाव सर्वप्रथम ग्रामीण क्षेत्रका गरिबमा पर्ने भएकाले उनीहरुको क्षमतामा अभिवृद्धि गर्नुपर्ने बताए ।
उनले जलवायुजन्य प्रकोपको प्रभावबाट जोगिन विकसित र विकासोन्मुख मुलुकले प्राकृतिक साधनस्रोतको संरक्षण र सदुपयोगलाई महत्व दिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा