सुरुङभित्र बेपत्ता मजदुरको शव निकालियो, दुई अझै अज्ञात

१४ बैशाख २०७१, आईतवार १६:०५ मा प्रकाशित


पोखरा, १४ वैशाख । कास्कीको सिल्दुजुरे–९, बाहुनडाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा थुनिएर बेपत्ता स्काभेटरका चालक सुजन गुरुङको शव बाहिर निकालिएको छ ।
तनहुँ दुलेगौंडा घर भएका गुरुङको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेपत्ता उदयपुर जिल्ला चौधन्नी गाविसका अन्य दुई मजदुर नगेन्द्र तामाङ र अर्जुन तामाङको खोजी भइरहेको छ ।
उनीहरु बेपत्ता भएको धेरै समय भइसकेकाले जीवित रहने अवस्था क्षीण बन्दै गएको प्रहरीले जनाएको छ । थुनिएर सम्पर्कमा आएका १३ मजदुरलाई भने १३ घन्टापछि सकुशल उद्धार गरी बाहिर निकालिएको थियो ।
बेपत्ता दुई मजदुरको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनतासमेत १५० जनाको टोली कार्यरत रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा