बर्दिया निकुञ्जका माहुतेहरु आन्दोलनमा

१४ बैशाख २०७१, आईतवार १४:१३ मा प्रकाशित

बर्दिया, १४ वैशाख । बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत माहुतेहरुको आन्दोलनका कारण निकुञ्जको हात्ती सफारी ठप्प भएको छ ।
निकुञ्जमा पालिएको ‘जात्राकली’ नाम गरेको हात्ती आक्रमणबाट गत बुधावार स्याहारे (पछुवा) पदमा कार्यरत छोटकी थारुको मृत्यु भएपछि माहुतेहरुले आन्दोलन गरेका हुन् ।
आन्दोलनमा उत्रिएका माहुतेहरुले मृतक परिवारलाई उचित क्षतिपूर्ति सहित बालबालिकालाई निशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने, करारमा रहेका हात्तीका माहुते, पछुवा र फणितलाई स्थायी गर्नुपर्ने, अपुग दरबन्दी पुरा गर्नुपन लगायतका मागहरु राखेका छन् ।
पहिलो चरणको आन्दोलन स्वरुप एक हप्तासम्म पर्यटकहरुलाई हात्तीमा चढाएर निकुञ्ज घुमाउन नलैजाने, एक हप्तापछि पनि सुनुवाई नभए निकुञ्जको काममा अवरोध पुराउने र त्यति गर्दा पनि सुनाई नभए हात्ती समेत नचराउने भन्दै माहुतेहरुले निकुञ्जमा ज्ञापन पत्र बुझाएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले माहुतेहरुको मागपत्र विभागमा पठाएको बताए ।
निकुञ्जमा १८ वटा हात्ती भएपनि हाल १४ जना स्थायी दरबन्दी र १६ जना करारका गरी ३० जना मात्र कर्मचारी छन् । एउटा हात्तीका लागि माहुते, फणित र पछुवा गरी ३ जना कर्मचारीको आवश्यकता हुने सहायक संरक्षण अधिकृत भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा