मासु खाँदा बालिकाको मृत्यु, २५ जना विरामी

१४ बैशाख २०७१, आईतवार १४:०६ मा प्रकाशित

मुगु, १४ वैशाख । मुगुको पुलु गाविसमा झोप्के अथात याकको मासु खाँदा एक बालिकाको मृत्यु भएको छ ।
सदरमुकाम गमगढी बजारदेखि पूर्वोत्तर भागमा पर्ने पुलु गाविसअन्तर्गत वडा नम्बर ४, ५ र ६ सरोग गाउँमा शनिबार एउटा मरेको झोप्के (याक र गाईको ठिमाहा) को मासु खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको हो ।
मासु खाने अन्य २५ जना सिकिस्त बिरामी परेको अस्थायी प्रहरी चौकी पुलुले जनाएको छ । सञ्चारको सुविधा नभएका कारण खबर पनि समय लागे पनि आजसम्म मृतकको संख्या बढेको हुन सक्ने आशङ्का गरिन्छ ।
बिरामीको उपचारार्थ स्वास्थ्य टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । दुई वर्षअघि पनि उक्त गाउँमा विषाक्त मासु सेवनबाट पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र