गरिबीका कारण आत्महत्या

१४ बैशाख २०७१, आईतवार १३:३६ मा प्रकाशित

रत्ननगर, १४ वैशाख । पश्चिम चितवनको शिवनगरका एक वृद्धले गरिबीका कारण आत्महत्या गरेका छन् ।
शिवनगर–५ निवासी ६६ वर्षका सुकबहादुर दर्जीले गरिबीका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज (आइतबार) जानकारी दिएको छ ।
उनी बिरामी रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण पीडा थेग्न नसकि आत्महत्या गरेको बताइएको छ ।
उनका दुई छोरा भने अलग्गै बस्दै आएका छन् । श्रीमतीको पहिले नै मृत्यु भइसकेको बताइएको छ । स्थानीयका अनुसार उनी सधँै मदिरा सेवन गर्ने गर्थे ।
श्रीमतीको मृत्यु पछि एक्लो जीवन बिताइरहेका दर्जीले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन् ।
उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । प्रारम्भिक चरणमा गरिबी कारण देखिए पनि घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुई वर्षअघि पनि चितवनको माडीमा गरिबीका कारण आफ्नो सन्तानलाई दसैँमा मासु खुवाउन नसक्दा १२ सन्तानका बुबा धनबहादुर परियारले आत्महत्या गरेका थिए । नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दो छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको