वीस करोडमा २९ हजार शौचालय निर्माण

१४ बैशाख २०७१, आईतवार ०७:३६ मा प्रकाशित

सिन्धुपाल्चोक, १४ वैशाख । सरसफाइ अभियानमा होमिएका सिन्धुपाल्चोकका बासिन्दाले पछिल्लो दुई वर्षमा शौचालय निर्माणमा २० करोड रुपियाँभन्दा बढी रकम खर्चेका छन्। सन् २०१५ भित्र सिन्धुपाल्चोकलाई खुला दिसामुक्त बनाउने सरकारी योजना छ। अभियान सञ्चालनपछि जिल्लामा जनस्तरबाट २९ हजार पक्की शौचालय बनेका छन्।

एउटा शौचालय निर्माणमा गाउँलेले ५ हजारदेखि ५० हजार रुपियाँसम्म खर्चेका छन्। औसतमा एउटाको ७ हजार रुपैयाँ मात्र राख्दा पनि अहिलेसम्मको लगानी कम्तीमा २० करोड रुपियाँ हुने अभियानलाई सघाइरहेको सेवक नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र शर्माले बताए। ‘बिनाअनुदान यति ठूलो लगानीमा शौचालय बन्नु सामान्य होइन,’ उनले भने ।

सन् २०१५ भित्र सिन्धुपाल्चोकलाई खुला दिसामुक्त बनाउन जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०६८ फागुनमा रणनीतिक कार्ययोजना बनाएपछि २०७९ वैशाखबाट अभियान शुरु भएको थियो। कार्यालयका अनुसार ३१ गाविस खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्। केही पाइप लाइनमा छन्।

६२ हजार घरधुरीमध्ये अभियानअघि २५ हजार घरपरिवारमा मात्र शौचालय रहेकोमा अब ८ हजार परिवार मात्र शौचालयविहीन छन्। ‘धेरै बनिरहेका र केही बन्ने क्रममा छन्,’ डिभिजन प्रमुख इन्जिनियर मोहनलाल जौसीले भने। बाँकी शौचालय बन्दा २६ करोड रुपैयाँ लगानी हुने अनुमान छ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा