नुवाकोटका टेलिफोनमा लोडसेडिङ

१४ बैशाख २०७१, आईतवार ०७:२९ मा प्रकाशित

नुवाकोट, १४ वैशाख । सुख्खा मौसम र पानीको मात्रा कम भएको बहानामा प्राधिकरणको अघोषित लोडसेडिङबाट नुवाकोटका सर्वसाधारण मर्कामा छन् ।

प्राधिकरणले विस्तार गरेको राष्ट्रिय प्रसारणको बिजुली नुवाकोटमा लोडसेडिङ नगरिए पनि लोडसेडिङभन्दा चर्को मार खेप्न बाध्य छन् । प्राधिकरणको लापरबाही त छँदै छ, अब नेपाल टेलिकमले पनि टेलिफोनमा लोडसेडिङ गर्न थालेपछि भने ग्राहकहरु थप मारमा परेका छन् ।

डेढ महिनादेखि टेलिकमले सदरमुकाम विदुरमा वितरण गरेको ल्यान्डलाइन टेलिफोनमा समस्या देखिएपछि उपभोक्तामा टेलिकमको लोडसेडिङको अर्को मार थपिएको हो ।

नुवाकोटमा एक महिनाअघि ल्यान्डलाइन फोनमा समस्या आए पनि टेलिकमले मर्मतमा कुनै चासो नदेखाएपछि उपभोक्ताहरुले गुनासो गरेका छन् । छिनमै आउने र छिनमै काटिने गरेकाले सर्वसाधारणले टेलिफोनको उपभोग राम्रोसँग गर्न पाएका छैनन् । नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार