“खुट्टा ढोग्न छोड्दे अब” -मन्दिरा दाहाल

२२ बैशाख २०६९, शुक्रबार २०:०६ मा प्रकाशित

अन्तरआत्मा पुकार गर्छ खुट्टा ढोग्न छोड्दे अब
उपभोग्य बस्तु ठान्ने सबै नाता तोड्दे अब ,
पाइला चल्ने सिमानामा चार चौकोस पर्छ भने
मैदानमा खुट्टा टेक्न घरको साँचो फोडदे अब,
अठार घण्टा घर भित्र गधा जस्तै जोतिएको
नाफा घाटा कति भयो हर हिसाब जोडदे अब,
मान्छे बन्न नदिने यो समाजमा बस्नु भन्दा
दुइ नम्बरी दर्जा दिने समाजलाइ नै मोडदे अब,
आत्मासम्मान गुमाएर यातनामा बाच्नु भन्दा
अर्थ बिहिन जिन्दगीको यात्रालाई नै मोडदे अब ।।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा