एउटै बोकाको मूल्य ९२ हजार १

१४ बैशाख २०७१, आईतवार ०५:४३ मा प्रकाशित

पाल्पा, १४ वैशाख । पाल्पाको एक फार्ममा पालेको बोकालाई ९२ हजार रुपैयामा विक्री भएको छ ।  खस्यौलीको हिरापोखरास्थित सृजना फार्ममा हुर्केको बोका सिन्धुपाल्चोकका वुद्धविर लामाले खरिद गरेका हुन् । उनले बोयर जातको त्यस बोकाका लागि २० हजार रुपैयाँ बैना दिएका छन् ।

‘सिन्धुपाल्चोकको सहकारीले बाख्रापालन गर्न सुरू गरेको रहेछ’ फार्मका संचालक विष्णु अधिकारीले भने, ‘खोर निर्माण सकिएपछि लाने बताएका छन् ।’ फार्ममा अहिले ३० वटा वोयर जातका बाख्रा छन् । स्थानीय जातको बाख्रामा कृत्रिम गर्भाधान गर्दा यस जातका १६ पाठी र १४ पाठा वोयर जात जन्मिएका छन ।

जन्मदै यस जातको पाठापाठीको तौल २ किलो हुन्छ । यसको हुर्कने वृद्धिदर राम्रो छ । भारतको पुनाबाट सिमेन (बिर्य) ल्याएर स्थानीय जातको बाख्रालाई गर्भाधान गराई ती पाठापाठी जन्माइएको हो । व्यवसायिक बाख्रापालकका लागि वीउका रूपमा प्रयोग गर्न मिल्ने भएका कारण बोकाको मुल्य अधिक भएको सृजना फार्मका सञ्चालक अधिकारीले बताए । बाग्लुङ्, सिन्धुली, जिल्लाकै विभिन्न समूह, सहकारीबाटसमेत बोकाको माग आएको उनले बताए ।

बोयर जातबाट उत्पादन भएका पाठापाठी तीन महिनामा २० किलो ग्रामसम्मको तौल वृद्धि हुन्छ । स्नातकोत्तर गरिसकेका कास्कीका अमर गुरूङ, पाल्पाका विष्णु अधिकारी, दीपक अर्याल, सिन्धुपाल्चोकका साजन सुवेदी लगायतले फार्म सुरू गरेका हुन् । उनीहरूले ३ सय रोपनी जग्गा खरिद गरेर व्यवसायिक बाख्रा र गाईपालन तथा तरकारी खेती गर्न शुरू गरेका हुन् । नेपालमै पहिलो पटक बाख्रामा कृतिम गर्भाधानको प्रविधि भित्रयाएको दाबी उनीहरूको छ ।

प्रचलित जातको भन्दा तीन गुणा बढी मासु हुने नेपाली बाख्राको जाति विकास गरिएकाले झिरूवास, रामपुर र तानसेनकै केही कृषकले पालेका बाख्रामा वोयर जातको सिमेन कृत्रिम गर्भाधान गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले चार वर्ष लगाएर वोयर जातिको विकासमा सफलता पाएको थियो । यसको सिमेन्स पशु प्रजनन केन्द्र पोखरालेसमेत वितरण गर्दै आएको छ ।

विदेशबाट ल्याइएको सिमेन नेपाली स्थानीय जातसंग क्रस गराएर विकास गरिएको जातिलाई नेपाली बोअर नाम दिइएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ  अधिकृत तुलसीराम भण्डारीले बताए । परीक्षणका क्रममा देखिएको नतिजाले वोयर जाति नेपाली माटोका लागि उपयुक्त हुने भण्डारीले बताए । विकसित नयाँ जात तराईदेखि पहाडको १ हजार १ सय मिटरको उचाईसम्म पाल्न उपयुक्त छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार