बढे बलात्कारका घटना

१४ बैशाख २०७१, आईतवार ०५:३२ मा प्रकाशित

गुल्मी, १४ वैशाख । गुल्मीमा ३५ दिनमा छ बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार बलात्कृत भएकाहरूमा खड्गकोट, जोहाङ, बलेटक्सार, नयाँगाउँ र हर्राचौर गाविसमा बालिकाहरू छन् ।

पीडितहरू ७ देखि १५ वर्षका छन् । बालिकालाई १९ देखि ६५ वर्षका पुरुषहरूले बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ६ पुरुषमध्ये तीन जना पुर्पक्षका लागि जेल चलान भइसकेको र तीन जनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालका अनुसार पछिल्लो दुई सातामा बलेटक्सार गाविसमा मात्र दुई बालिका बलात्कृत भएका छन् । विद्यालयबाट र्फककै गरेकी बलेटक्सारकी १५ वर्षीया शिला (परिवर्तित नाम) र बलेटक्सारकै अर्की ७ वर्षीया बालिका बलात्कारको सिकार भए । १५ बर्षीया शिलालाई बलेटक्सार ५ का १९ बर्षीय बलबहादुर गन्धर्वले बाटोमा हिँडै गरेका बेला छोपेर कालडाँडाको खोल्सामा लगेर जबर्जस्ती बलात्कार गरेका थिए । बालिका ज्ञवा बलेटक्सार माविमा कक्षा ९ मा पढै गरेकी हुन् । अर्की ७ या बालिकालाई बलेटक्सार २, चौताराका ३२ वर्षीया कृष्ण बस्नेतले घरमै गएर बलात्कारको प्रयास गरेका हुन् ।

त्यस्तै हर्राचौर ६ की १५ वर्षीया रोशना (परिवर्तित नाम) लाई दिब्रुङ २ दहका २० वर्षीय सूर्य विकले विसुखर्क ५ को खोलामा बाटोमा हिँडै गरेको अवस्थामा बलात्कार गरेका हुन् । रोशना पनि विसुखर्कको ध्वादीमा भएको भलिबल खेल हेरेर र्फकने क्रममा बाटोमा बलात्कृत भएकी हुन् ।

नयाँगाउँकी ८ वर्षीया बालिकालाई पनि स्थानीय ३० वर्षका सुरेन्द्र गैरेले बलात्कारको प्रयास गरेका हुन् । घरमा बालिका खेल्दै गरेको अवस्थामा मदिरा सेवन गरेर गएका गैरेले घरमा अरू कोही नभएको देखेपछि घरमै बलात्कार प्रयास गरेका थिए । आमा नजिकै भएकाले गैरेले बलात्कार गर्न नपाएको प्रहरीले जनायो ।

बलात्कारमा संलग्न सबैलाई पक्राउ गरी कारबाही भइरहेको डीएसपी लम्सालले बताए ।

यसअघि खड्गकोटा गाविसमा १० बर्षीया बालिका बिमला आफ्नै साथीको बाबुबाट निर्मम तरिकाले बलात्कृत भएकी थिइन् । उनी पाल्पा मिसन अस्पतालमा लामो उपचारपछि घर फर्केकी छन् । आमाबाबु कोही नभएकी र स्थानीय गीता परियारको संरक्षणबाट हुर्केकी बिमला साथीको घरमा बस्न गएका बेला चैत ४ गते राति १ बजे साथीकै बाबुबाट बलात्कृत भएकी थिइन् ।

त्यस्तै चैत ६ गते जोहाङ १ का ६५ बर्षीय खिमानन्द अर्यालले स्थानीय ९ या बालिकालाई बलात्कार गरेका थिए । उनले बालिकालाई पैसा दिएर फकाउँदै तीन महिनादेखि बलात्कार गर्दै आएको रहस्य खुलेको थियो । अर्यालले बालिकासँग पटकपटक यौनजन्य क्रियाकलाप गर्दै आएको स्वीकार गरेका छन् । पछिल्लो एक वर्षको अवधिका जिल्ला कारागारमा समेत जबर्जस्ती करणीअन्तर्गत सजाय भोग्नेहरू बढेका छन् ।

कारागार प्रमुख गोपालप्रसाद पाण्डेका अनुसार २० पुरुषसहित २५ जनाको क्षमता रहेको कारागारमा अहिले १८ जना जबर्जस्ती करणी मुद्दाका कैदी बन्दीहरू छन् । तीमध्ये ११ जनाको सजाय फैसला भइसकेको र ७ जना पुर्पक्षका लागि थुनामा छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार