नेपाल अमेरिका एकता समाजको अध्यक्षमा शारदा श्रेष्ठ निर्वाचित

१४ बैशाख २०७१, आईतवार ०५:३३ मा प्रकाशित

सुदिप पन्त, लसएन्जलस । दक्षिण क्यालिफोर्नियाको लसएन्जलसमा बस्ने नेपाली मूलका अमेरिकनहरुको पुरानो संस्था नेपाल अमेरिका एकता समाजको अध्यक्ष पदमा शारदा श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । समाजको पूर्व निर्धारित बार्षिक साधारण सभा र निर्वाचन तिथिको अघिल्लो दिन आज शनिबार भएको छलफलमा अध्यक्षका अर्का प्रत्याशी रामबाबु पाण्डेले अध्यक्षमा शारदा श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदबारी फिर्ता लिए पछि नेपाल अमेरिका एकता समाजको सम्पूर्ण पद निर्बिरोध चयन भएको हो । निर्वाचन समितिका संयोजक एवं एनआरएन आइसीसी सदश्य राजेन्द्र सिवाकोटीले दिएको जानकारी अनुसार प्रथम उपाध्यक्षमा सूर्य प्रसाईं, दितिय उपाध्यक्षमा सावित्रा ओली, महासचिबमा इन्दिरा त्रिपाठी, सचिबमा चक्रपाणी मिश्र र कोषाध्यक्षमा झमक निरौला निर्बिरोध निर्बाचित भएका छन् । यस अघिनै समाजको अन्य पदहरु सर्वसम्मतिले चयन भएको थियो । समाजका निबर्तमान अध्यक्ष उमा कार्की थापाका अनुसार समाजको पूर्व निर्धारित निर्वाचन कार्यक्रम सम्पन्न भएकोले भोलि बार्षिक साधारण सभा र नव निर्वाचित पदाधिकारीहरुलाई कार्यभार हस्तान्तरण गरिने कार्यक्रम मात्र आयोजना गरिने छ । झन्डै पाँच सय सदश्य संख्या रहेको नेपाल अमेरिका एकता समाज लसएन्जलसमा बस्ने नेपाली मूलका अमेरिकनहरुको पुरानो संस्था हो । बिगतमा सर्व सम्मतिले नेतृत्व चयन हुदै आएको यो संस्थामा यस पटक उम्मेदवारी र विवाद देखिए पनि निबर्तमान अध्यक्ष उमा कार्की, अगुवा समाजसेवीहरु मुकुन्द ढुंगाना, ऋषि ढकाल, भक्त थापा, राजेन्द्र सिवाकोटी र राम लामाको संयुक्त प्रयासमा नेपाल अमेरिका एकता समाजको सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

आजको प्रमुख समाचार