
देवेन्द्र सम्बाहाम्फे, कोरिया । विश्वब्यापी सामाजिक संजाल फेसबुकले नेपाली समाजमा पारेको सकरात्मक र नकरात्मक प्रभावलाई बिषय बस्तु बनाएर निर्माण गरिएको नेपाली कथानक चलचित्र फेसबुक रिलिज कार्यक्रम तयारी पुरा भएको छ । चलचित्रको लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बोका अनुसार पहिलो प्रीमियर शो आगामी जुन १० मा सोल दुङदेमुनस्थित कुकमीन सामुदायीक सभा हलमा सो चलचित्रका निर्माता सुनीलकुमार थापा र नायीका झरना थापा र सुब्बा सहितको उपस्थितिमा हुने छ । ‘हामीले फेसबुकको प्रीमियर शो कोरियामा गर्ने लागेका छौं’ लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बोले बिहिबार फोनमा भने ‘कोरियाको प्रमुख शहरहरुमा प्रदर्शन पश्चात अस्ट्रेलिया र अमेरिकामा पनि प्रर्दशन हुने छ । ‘ सुब्बाले थपे ‘श्रावण १५ बाट अल नेपाल प्रदर्शन गर्ने तयारी गरिरहेका छौं । ‘
कोरियामा चलचित्र फेसबुकको प्रदर्शनीको जिम्मा भने मोरङ डाइनामिक कमिटिले लिएको छ । कमिटिका अध्यक्ष टंक बानियाँका अनुसार प्रीमियर शोलाई अझ ब्यबस्थित र मर्यादित बनाउनको निम्ति नवराज सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय कार्यक्रम संयोजक समिति गठन गरिएको छ । स्थापनाको छोटो समयमा नै थुप्रै समाज सेवा गरेर उदाहरणीय बनेको कमिटिले प्रदर्शनिबाट प्राप्त केहि रकम एनआरएन कोरियाद्धारा संचालित नेपाल हाउसलाई सहयोग गरिने अध्यक्ष बानियाँले बताए ।
पुसान, किम्हे तथा आनसान क्षेत्रमा कार्यरत नेपाली दर्शकहरुको मागलाई ध्यानमा राख्दै जुन १७ मा किम्हेमा र जुलाई १ मा आनसानमा प्रदर्शन गर्ने योजना अयोजकको रहेको छ । ‘नेपालीहरुको उपस्थिति बढी भएको क्षेत्रमा टिकट पठाउने काम भइरहेको छ ‘ कार्यक्रम संयोजक सिवाकोटीले भने ‘प्रीमियर शोका दिन हामीले पन्ध्र सय दर्शकको अपेक्षा गरेका छौं ।’ – ‘रिलिज कार्यक्रमका लागि सबै व्याबस्था मिलाई सक्यौं ‘ उनले भने | किम्हेको प्रदर्शनीसम्म नायीका झरना थापा दर्शकसंगै हुनेछिन् ।
६५ लाख रुपैयाँको लगानीमा एसके थापा प्रोडक्सनको पाचौं प्रस्तुति चलचित्र फेसबुकमा सिङ्गापुरको स्काई पार्कमा र नेपालको बिभिन्न क्षेत्रमा छायाङकन गरिएको छ । नायीका झरना थापा,डेब्यू नायक स्वतन्त्रप्रताप शाह र संयम पूरीको प्रमुख भूमिका रहेको छ । यस चलचित्रमा महानायक राजेश हमाल प्रहरी अधिकृतको भुमिकामा रहेका छन् । सुनील बर्देवाको सङ्गीत तथा छायाङकन संजय लामा,सहायक निर्देशक अराज केशव र योगेन्द्र प्रसाई,सम्पादन बनिश शाह,कोरियोग्राफर कविराज गहतराज,एक्सन रोशन श्रेष्ठ, ब्याकग्राउण्ड स्कोर मोहित मुनाल रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा
अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड
न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट
काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी