एनआरएन अमेरिकाको नेतृत्व सहमतिमा चयन गरिनु पर्छ: कोइराला

१३ बैशाख २०७१, शनिबार २०:४८ मा प्रकाशित

लसएन्जलस । एनआरएन एनसिसि अमेरिकाका अध्यक्ष प्रत्यासी कृष्ण कोईरालाले उम्मेदवारी फिर्ता लिने समय घर्के पछि सहमतिका लागि भन्दै एकता वार्ताको आव्हान गरेका छन् । शनिबार एक बिज्ञप्ति जारि गर्दै अध्यक्ष प्रत्यासी कृष्ण कोईरालाले एकता वार्ताको आव्हान गरेका हुन् ।

अध्यक्ष प्रत्यासी कोईरालाले बिज्ञप्तिमा भनेका छन्, ‘सम्वाद, सहमती र सहकार्य नै उद्देश्य प्राप्तिको आधारशिला भएको हुंदा अध्यक्षका उम्मेद्धारहरुलाई एउटा टेबुलमा बसि वार्ताको माध्यमबाट सहमतिमा नेतृत्वको चयन गर्न आव्हान गर्दछु ।”

सदस्य संख्याका हिसावले दोस्रो ठुलो निर्णायक शक्ति क्यालिफोर्निया राज्यबाट अध्यक्ष पदको उम्मेदबार बनेका कोइरालाको बिज्ञप्ति सहितको आव्हानलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

यद्यपि अध्यक्ष पदका अन्य प्रत्याशीहरु निर्वाचनको माहोलमा जुटेका कारण यो प्रयास परिणाम मुखी नहुने अन्य पदका प्रत्याशीहरुको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

आजको प्रमुख समाचार