पद चाहिन्छ भने एमाओवादी छाड्नुस् : दाहाल

१३ बैशाख २०७१, शनिबार १७:०० मा प्रकाशित

काठमाडौं, १३ वैशाख । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पद खोज्ने केन्द्रीय नेताहरुलाई पार्टी छाड्न सुझाव दिएका छन् ।
एमाओवादीको काठमाडौं जिल्ला सम्मेलनको आज (शनिबार) राजधानीमा उद्घाटन गर्दै दाहालले पद चाहिने नेताहरुलाई पार्टी छाडेर जान चेतावनी दिए । ‘स्थायी, पोलिटव्यूरो र केन्द्रीय समितिमा ठाउँ खोज्नेहरुलाई पार्टीमा राख्नुको कुनै औचित्य छैन’, उनले भने, ‘पद खोज्नेहरु अन्य पार्टीमा जानुस् ।’
उनले केही नेताहरुले पार्टीमा बसेर सिन्को नभाचेको आरोप लगाए । ‘पदमात्र ठूलो खोज्ने’, दाहालले भने, ‘त्यस्ता नेताहरुका कारण पार्टीमा समस्या भइरहेको छ ।’
उनले काम नलाग्ने मान्छेहरु थुपारेर एमाओवादी अघि बढ्न नसकिने बताए । ‘पार्टी सानै ठीक हुन्छ,’ उनले भने ।
अध्यक्ष दाहालले नेताहरुमा देखिएको गलत कार्यशैली नसुध्रिए एमाओवादी बिघटन हुने बताए ।
‘हाम्रो पार्टीका केही नेताहरुले मागेको पद नपाए पार्टी नै छोड्ने भन्दैछन् रे’, अध्यक्ष दाहालले भने, ‘मैले भनेको छु तिनलाई जान दिऔं किनकी ३५ जनाको केन्द्रीय समिति हुँदा सबैभन्दा ठूलो पाटी बन्यौ । २ सय ७० जनाको हुदा तेस्रो पार्टी बन्यो ।’
पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले कार्यदिशाले मात्रै पार्टी नचल्ने बताए । उनले कार्यदिशाको शैली विकासले मात्र पार्टीलाई बिघटनबाट रोक्न सक्ने बताए ।
पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्गीय मुद्दाबाट टाढिएकाले एमाओवादीले क्षति व्यहोरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार