पाँच समितिका सभापतिद्वारा गोपनीयताको शपथ

१३ बैशाख २०७१, शनिबार १७:४५ मा प्रकाशित


काठमाडौं, १३ वैशाख । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले निर्विरोध रुपमा निर्वाचित संविधानसभाका पाँच वटा समितिका सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
संसद सचिवालयमा अध्यक्ष नेम्वाङले सभापतिहरुलाई शपथ दिलाएका हुन् ।
शपथ लिने समितिका सभापतिमा संवैधानिक–राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला, संविधान अभिलेख तथा निक्र्यौल समितिका सभापति विष्णु पौडेल, नागरिक सम्बन्ध समितिका सभापति प्रमीला राणा र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिका सभापति लक्ष्मीकुमारी चौधरी छन् ।
उनीहरु शुक्रबार निर्विरोध निर्वाचित भएका थिए । भट्टराई एमाओवादी, सिटौला कांग्रेस, पौडेल एमाले, राणा नेकपा संयुक्त तथा चौधरी मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का सभासद हुन् ।
ठूला तीन दलले आफूहरुलाई उपेक्षा गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले संविधानसभाका समितिहरुको सभापतिको निर्वाचनमा सहभागी भएको थिएन ।
अध्यक्ष नेम्बाङले एक वर्षभित्र संविधान निर्माण गर्न जनताले राजनीतिक दलहरुलाई दिएको जनादेशलाई ध्यानमा राखि संविधान निर्माणमा जुट्न समितिका सभापतिलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र