
चितवन, १३ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको अस्थिर व्यवस्था र राजनीतिक अस्तव्यस्तताले देश कमजोर बन्दै गइरहेको बताएका छन् ।
उनले देशको विकार विकृतिसँगै अर्थनीति पनि धरापमा पर्दै गएको बताए । पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठान चितवनले आज (शनिबार) नारायणगढमा आयोजना गरेको नागरिक अभिनन्दन कार्याक्रममा पूर्व राजा शाहले मुलुकको अस्तव्यस्तताले लाखौ नेपाली युवा जनशक्ति विदेश पलायन हुनु पर्ने अवस्था आएको बताए ।
उनले मौलिक पद्धतिको राजनीति विकाश भएमात्रै देशले मुहार फेर्ने बताए । ‘जनताले वर्तमान राजनीतिक परिस्थितिलाई जसरी मूल्याङ्कन गरेका छन् मैले पनि त्यसै गरी हेरेको छ’, उनले भने ।
राष्ट्रियता र मौलिकता जोगाउन सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए । अब वन्ने संविधानले कसैलाई निषेध र विभेदीकरण गर्न नहुने पूर्व राजा शाहको भनाई छ ।
कार्यक्रमा प्रतिष्ठानले पूर्व राजा शाहलाई भव्यताका साथ अभिनन्दन गरेको छ । प्रतिष्ठानले आयोजना गरेको राष्ट्र, राष्ट्रियता र आजको सन्दर्भ विचार गोष्ठीमा बोल्ने बक्ताहरुले देशको अवस्था नाजुक बन्दै बताए ।
वाम विश्लेषक अमरबहादुर बिकले देश संकटबाट गुज्रिरहेकाले जनताले निकास खोजी रहेको बताए । उनले पृथ्वी नारायण शाहले बाईसे चौबीसे टुक्रा राज्यलाई एउटा सिङ्गो राष्ट्र बनाएको भन्दै संघीयताका नाममा देशका वरिष्ठ भनाउँदा नेताहरुले टुक्राउन लागेको आरोप लगाए ।
सीमा विद् बुद्धिनारायण विष्टले संक्रमणकालीन अवस्थाले गर्दा नेपालका ७१ स्थानमा सीमा विवाद रहेको बताए । उनले कालापानीमा ३७ हेक्टर नेपाली भूमि भारतले कब्जा गरिसकेको भन्दै एक हप्ता अगाडि इलामका आधा रोपनी भूमि पनि भारतले मिचेको बताए ।
अधिवक्ता देवेन्द्रराज नेपालीले अहिलेको संविधान सभा र अन्तरिम संविधान अवैध भएकाले २०४७ सालको संविधान स्थापित गर्न माग गरे । उनले नेपाली जनताले राजा सहितको प्रजातन्त्रको चाहना राखेको बताए ।
प्रध्यापक डा.सुरेन्द्र केसीले सुगौली सन्धीले गर्दा नेपालले एक तिहाई भूमि गुमाउनु परेको स्मरण गरे ।
कार्यक्रममा प्रतिष्ठानलाई भूमि दान गर्ने चिन्तामणि सापकोटा तथा प्रतिष्ठानका अध्यक्ष जगतबहादुर पाठकलाई सम्मान गरिएको थियो ।
यसैवीच आजै पूर्व राजा शाहले नारायणगढस्थित पशुपतिनाथ गौरीश्वर मन्दिरमा पुजाअर्चना गरी पुल्चोकसम्म पैदलयात्रा गरेका छन् ।
विभिन्न जिल्लाको धार्मिक भ्रमणका क्रममा रहेका पूर्वराजा शाह शुक्रबार चितवनमा आईपुगेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात
‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा