सुरुङभित्र थुनिएका तीन मजदुरको अवस्था अझै अज्ञात

१३ बैशाख २०७१, शनिबार १५:३७ मा प्रकाशित


पोखरा, १३ वैशाख । कास्कीको सिल्दुजुरे–९, बाहुनडाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा थुनिएका १३ जनाको सकुशल उद्धार गरिएको छ ।
माथिबाट पहिरो आई थुनिएर बेपत्ता भएका तीन मजदुरको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बेपत्ता हुने मजदुरहरुमा सुजन श्रेष्ठ, नगेन्द्र तामाङ र अर्जुन तामाङ छन् । शुक्रबार दिउँसो २ बजेदेखि बेपत्ता तीनजना मजदुरको अझै अत्तोपत्तो छैन ।
थुनिएर सम्पर्कमा आएका १३ जना मजदुरलाई भने १३ घण्टापछि शुक्रबार राति सकुशल उद्धार गरी बाहिर निकालिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनताको सहयोगबाट पहिरो पन्छाइ १३ जनालाई उद्धार गरिएको थियो । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएकामा अवस्था सामान्य रहेपछि घर पठाइएको अस्पतालले जनाएको छ ।
मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माणकार्य २०७१ साल चैत महिनामा पूरा गरिने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र