पाकिस्तानको कराचीमा बम आक्रमणमा चारको मृत्यु

१३ बैशाख २०७१, शनिबार १२:४६ मा प्रकाशित

कराची, १३ वैशाख । पाकिस्तानको सबैभन्दा ठूलो नगर कराचीमा शुक्रबार एक मस्जिदनजिकै एक शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको तथा अन्य ३० घाइने भएको जानकारी अधिकारीहरूले दिएका छन् ।

नगरको दिल्ली कोलोनीमा रहेको स्थानीय मस्जिदको बाहिरी भागमा शुक्रबार साप्ताहिक प्रार्थनासभापछि व्यक्तिहरू बाहिर आउँदै गर्दा उक्त विस्फोट भएको थियो । एक वरिष्ठ प्रहरी अधिकारी अब्दुल खालिक सेखले मस्जिदनजिकै सेनाको एक गाडीको समूह गइरहेको समयमा त्यसलाई लक्ष्य गरी उक्त आक्रमण भएको जानकारी दिए ।

सिन्ध प्रान्तका स्वास्थ्यमन्त्री सागिर महमदले पनि चार व्यक्तिको मृत्यु भएको तथा ३० घाइते भएको र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको बताए । सेखले आक्रमणका लागि मोटरसाइकल प्रायोग भएको उल्लेख गरे । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा