अफगानिस्तानमा उत्तरी क्षेत्रमा बाढीका कारण असीको मृत्यु

१३ बैशाख २०७१, शनिबार १२:११ मा प्रकाशित

मजार–इ–सरिफ (अफगानिस्तान), ११ वैशाख । अफगानिस्तानको उत्तरी भागमा दुई दिनसम्म निरन्तर रूपमा परेको वर्षाका कारण आएका बाढीबाट ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले शुक्रबार दिएका छन् ।

यसबीच बाढीबाट प्रभावित क्षेत्रमा हेलिकप्टरको सहयोगमा अन्य बीसौँ व्यक्तिको खोजी भइरहेको बताइएको छ ।
स्थानीय अधिकारीहरूले जब्जान प्रान्तमा ४३ व्यक्तिको, फर्याद प्रान्तमा ३३ व्यक्तिको तथा सर–ए–पल प्रान्तमा छ व्यक्तिको मृत्यु भएको बताएका छन् । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९