रसियाले तेस्रो विश्वयुद्ध खोजेको युक्रेनको आरोप

१३ बैशाख २०७१, शनिबार १२:४१ मा प्रकाशित

किभ, १२ वैशाख । युक्रेनको पूर्वी भागमा सैनिक तनाव बढ्दा शुक्रबार मस्कोले तेस्रो विश्वयुद्ध आरम्भ गर्न खोजेको आरोप किभले आरोप लगाएको छ र अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाविरुद्ध कुटनीतिक प्रक्रिया आरम्भ गरेका छन् ।

पूर्वी नगर क्रामातोस्र्कको सैनिक केन्द्रमा रहेको युक्रेनको सैनिक हेलिकप्टरलाई प्रक्षेपकबाट प्रहार गरिएको बमले विस्फोट गराएको जानकारी किभका अधिकारीहरूले दिएका छन् । हेलिकप्टरका चालक दुर्घटनामा बाँचेको तर घाइते भएको बताइएको छ । नजिकै विद्रोहीले नियन्त्रणमा लिएको नगरको आकाशमा धुँवा देखिएको छ ।

क्रेमलिन समर्थक बन्दुधकारीलाई उनीहरूले नियन्त्रणमा लिएको पूर्वी नगरलाई मुक्त गर्न सेनाले गरेको आक्रमणपछि विद्रोहीले उक्त आक्रमण गरेको देखिएको छ ।

किभले शुक्रबार आफ्नो सेनाले विद्रोहीले नियन्त्रणमा लिएको स्लाभयान्स्क नगरमा थप लडाकू पुग्न नदिन प्रयास गर्ने घोषणा गरेको छ ।

बिहीबार युक्रेनको सशस्त्र गाडी तथा कमान्डोहरू स्लाभयान्स्कमा नाटकीय रूपमा प्रवेश गरेका थिए भने उनीहरूले २२ वर्षीय एक विद्रोहीलाई मारेका थिए ।

रसियाले युक्रेनको सीमामा रहेका आफ्ना सेनालाई नयाँ अभ्यास गर्न आदेश दिएको छ ।

जर्मन चान्सलर एङ्गेला मर्केलले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरी यस परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ र एक साता अगाडि तनाव कम गर्न हस्ताक्षर भएको जेनेभा सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।

दक्षिण कोरियाको भ्रमणमा रहनुभएका राष्ट्रपति ओबामाले आफूले युरोपेली महासङ्घका नेताहरूसँग वार्ता गर्ने बताउए ।

राष्ट्रपति ओबामाले युक्रेनमा अमेरिकी वा नेटोको सेना पठाउने कुरालाई अस्वीकार गरेपनि वासिङटनले पूर्वी युरोपेली राष्ट्रहरूको प्रतिरक्षाका लागि नेटोका लागि ६०० अमेरिकी सैनिक तैनाथ गरिरहेको छ ।

फ्रान्सले पनि बाल्टिक राज्यहरूका लागि नेटोको हवाई गस्तीका लागि चार युद्धक विमान पठाउने जानकारी दिएको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल

वर्लिन । विश्वका धनी राष्ट्रहरूको समूह जी-७ ले जर्मनीमा भइरहेको शिखर बैठकको दोस्रो दिन रुसी आक्रमण खेपिरहेको युक्रेनलाई आवश्यक परेसम्म

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै