खुल्ला कारागार बाँकेमा बन्दै

१३ बैशाख २०७१, शनिबार १२:३२ मा प्रकाशित

बाँके, १३ वैशाख । देशकै पहिलो खुल्ला कारागार बाँके जिल्लामा बन्ने भएको छ । कारागार व्यवस्था विभागले जिल्लाको गनापुरस्थित कृषि फार्मको छ बिघा जमिनमा पहिलो पटक खुल्ला कारागार बनाउन थालेको हो ।
कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले खुल्ला कारागारका लागि आन्तरिक सबै कार्य सकिएको बताए । ‘केही दिनमै टेण्डर खुल्ला गरेर चालु आर्थिक वर्षमा निर्माण थाल्छौँ’, उनले भने ।
उनका अनुसार खुल्ला कारागारमा कैदीले बाहिर गएर जागिर खोज्न, स्वरोजगार बन्न, घरबिदामा जान, स–परिवार कारगारमा बस्न पाउने व्यवस्था हुनेछ ।
राज्यले थप सुविधा नदिने तर दैनिक हाजिर लगाएर दिनभर बाहिर काम गर्ने र साँझ कारागारमा सुत्न आइपुग्नु पर्ने प्रावधान हुनेछ ।
पहिलो चरणमा कारागारमा १०० कोठा बनाइने छ । एक कैदी बराबर एक कोठा आवश्यक पर्ने हुँदा पहिलो चरणमा १०० क्षमताको खुल्ला कारागार बन्ने छ । नेपालमा खुल्ला कारागार नरहेकाले देशभर लक्षित गरी बाँकेको गनापुरमा खुल्ला कारागार बन्न थालेको हो ।
चालु आर्थिक वर्षका निर्माण शुरु गरी तीनदेखि पाँच वर्षभित्रमा काम सकिने कारागार व्यवस्था विभागको दाबी छ । अन्य कारागारभन्दा खुल्ला कारागार व्यवस्थित र सुविधा सम्पन्न मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार