कर्मचारी अभावले तीन–तीन महिनामा मिटर रिडिङ

१३ बैशाख २०७१, शनिबार १२:२९ मा प्रकाशित

कञ्चनपुर, १३ वैशाख । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय कञ्चनपुरमा ग्राहक मिटर रिडिङ गर्ने कर्मचारीको अभाव भएको छ । कर्मचारी अभाव भएपछि प्राधिकरण कार्यालयले ग्राहकको मिटर तीन–तीन महिनामा रिडिङ गर्नुपरेको जनाएको छ ।
महिना दिनमा रिडिङ हुनुपर्ने मिटर तीन–तीन महिनामा रिडिङ हुन थालेपछि ग्राहकले महसुलमा बक्यौता रकम तिर्नुपर्ने बाध्यता रहेको छ । कार्यालयमा तीन जना मिटर रिडिङ गर्ने कर्मचारी स्थायी र सात जना ज्यालादारीमा कार्यरत रहेका छन् ।
चालीस हजारभन्दा बढी ग्राहक रहेको शाखामा अझै २० जना बढी कर्मचारीको आवश्यकता रहेपनि पदपूर्ति नगरिँदा मिटर रिडिङमा समस्या परेको शाखा कार्यालयका प्रमुख सत्यनारायण महतोले बताए । ‘कर्मचारी अभावमै तीन–तीन महिनामा मिटर रिडिङ गर्नुपरेको छ’, उनले भने ।
ग्रामीण क्षेत्रका ग्राहकहरु मिटर रिडिङ गर्ने कर्मचारी नपुग्दा ग्राहक आफैँले मिटरको अंक प्राधिकरण शाखामा ल्याएर टिपाएका आधारमा विद्युत् महसुल तिर्दै आएका छन् ।
टिपाएका आधारमा महसुल बुझाउँदा कार्यालयमा चढाएको अंक फरक पर्दा बढी महसुल तिर्नु परिरहेको सिमलफाँटाका धनबहादुर चौधरीले बताए । ‘मिटर रिडिङ गर्ने कर्मचारीले ग्राहक कहाँ नपुगी मिटरको अंक अन्दाजी चढाउँदासमेत गरेकाले बढी महसुल तिर्नुपर्ने हँुदा समस्या परेको छ’, उनले भने ।
दश जना कर्मचारीले पूरै क्षेत्रमा मिटर एकै पटक रिडिङ गर्न सक्दैनन् त्यसैले ग्राहकले सास्ती पाएको कार्यालय प्रमुख महतोले बताए ।
कार्यालयको महेन्द्रनगर र झलारी र बेलौरी क्षेत्रमा महसुल काउन्टर राखिएका छन् । झलारी र बेलौरी क्षेत्रमा महिनाको तीन दिनसम्म खुल्ने काउन्टरमा ग्राहकले महसुल बुझाउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

आजको प्रमुख समाचार