एक बर्ष देखि फरार अभियुक्त पक्राउ

१३ बैशाख २०७१, शनिबार १२:२८ मा प्रकाशित

वीरगन्ज, १३ वैशाख । पर्सा प्रहरीले लागुऔषध मुद्दामा दुई वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
सुराकीको आधारमा प्रहरी चौकी सबैठवाबाट खटिएको प्रहरीको टोलीले भेडीयारी–६ निवासी रामाधार चौरसियालाई शुक्रबार राति उनकै घरैबाट पक्राउ गरेको हो ।
लागुऔषधको मुद्दामा जिल्ला अदालत पर्साले चौरसियालाई २०६९ वैशाख १८ गते पाँच हजार जरिवानासहित दुई वर्ष कैद फैसला सुनाएको थियो । पक्राउ परेका चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी चौकी सबैठवाले जनाएको छ ।
यसैबीच पर्सा प्रहरीले अवैध सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगन्जको इनर्वास्थित बाइपास सडकबाट ना ३ ख ७७२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकबाट मोटरपार्टस्, खेलकुदका सामग्री र कपडासहित दुई लाख ६० हजार मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक वीरगन्ज १३ निवासी विजय मालीलाई पनि नियन्त्रणमा लिएको छ ।
ट्रक र सामानसहित चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार