मुगुमा माटोको ढिस्कोले पुरिँदा २ महिला घाइते

१३ बैशाख २०७१, शनिबार १२:२३ मा प्रकाशित

मुगु, १३ वैशाख । मुगु जिल्ला सदरमुकाम गमगढीदेखि १२ कोष टाढा मांग्री गाविसको मह गाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई महिला घाईते भएका छन् ।
शुक्रबार कमेरो माटो लिन जाँदा माटोको ढिस्कोले पुरिँदा दुई महिला गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा सोही गाविस वडा नम्बर ७ बस्ने ४० वर्षीया उर्गीनछोमु लामा र ९ बस्ने २६ वर्षीया हिसे टोमो लामा रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई अस्पतालसम्म ल्याउन कठिनाइ भएकाले हेलिकप्टर चार्टरको व्यवस्था गर्न सकिएमात्र उपचारको सम्भावना हुने अन्यथा बिरामीको ज्यानसमेत जान सक्ने स्थानीय तेन्जीन ठिल्ले लामाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,