पदाधिकारी चयनबिनै प्रतिनिधिलाई घर पठाइयो

१३ बैशाख २०७१, शनिबार १२:२१ मा प्रकाशित

रुकुम, १३ वैशाख । पदाधिकारी चयनमा विवाद हुने देखिएपछि एमाओवादी रुकुमले जिल्ला सम्मेलनमा आएका प्रतिनिधि तथा पर्यवेक्षकलाई घर पठाएको छ ।
जिल्ला सदरमुकाम खलङ्गामा दुई दिनसम्म चलेको सम्मेलनबाट ३८ जनाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरिए पनि पदाधिकारी चयनबिनै प्रतिनिधि र पर्यवेक्षकलाई घर पठाइएको हो ।
सर्वसम्मत कार्य समिति चयन भएपछि पदाधिकारी चयनको जिम्मा पनि कार्य समितिलाई नै दिइएको एमाओवादीका नेता देवीलाल गौतमले बताए ।
दुवैले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमा जानुभन्दा सर्वसम्मत गराउने प्रयासस्वरुप पदाधिकारी चयनको जिम्मा कार्य समितिलाई दिइएको जनाइएको छ । सम्मेलनबाटै सबै काम सक्नुपर्नेमा त्यसो नभएको भन्दै प्रतिनिधिहरु आक्रोशित भएका थिए ।
नयाँ कार्य समितिले पदाधिकारी चयनका साथै १३ जना सदस्य मनोनीत पनि गर्नेछ । सम्मेलनले १९ जनालाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गरेको छ । जनार्दन शर्मा, हेमन्तप्रकाश ओली, गणेशमान पुन, कमला रोकालगायतका नेताहरु केन्द्रीय प्रतिनिधिमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा