
काठमाडौं, १३ वैशाख । नेपाली सेनाले गुप्तचर विभागलाई शक्तिशाली बनाउने प्रस्ताव तयार गरेको छ । संगठन पुनर्संरचनाको प्रस्ताव सैनिक मुख्यालयले तेस्रोपटक रक्षा मन्त्रालयमा पठाएको छ ।
सैनिक मुख्यालयले पेस गरेको प्रस्तावमा सैनिक गुप्तचर विभाग (डिएमआई) लाई स्तरोन्नति गरेर शक्तिशाली बनाउने, मध्यपृतनाको हेडक्वार्टर घटाएर उपत्यका पृतनामा गाभ्ने, दुई महत्वपूर्ण बलाध्यक्ष र बलाधिकृत विभागको जिम्मेवारी सन्तुलित बनाउने लगायतका रहेको छ ।
सेनाले सैनिक गुप्तचर विभागलाई स्तरोन्नति गरी महानिर्देशनालय बनाउने प्रस्ताव पेस गरेको छ । हाल सहायकरथीले नेतृत्व गरेकोमा स्तरोन्नतिपछि उपरथीलाई नेतृत्व दिने सेनाको प्रस्ताव छ ।
‘राष्ट्रिय सुरक्षामा उत्पन्न चुनौतीको अध्ययन र विश्लेषण गर्न र परिवर्तित परिस्थितिमा काउन्टर इन्टेलिजेन्स थप सशक्त पार्ने गरी प्रस्ताव पेस भएको छ,’ एक सैनिक अधिकृतले भने । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण
काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।
काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७