आकर्षक रोजगारी खतरामा

१३ बैशाख २०७१, शनिबार ०५:४८ मा प्रकाशित

काठमाडौं, १३ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले जहाज (सिप) मा सुरक्षाकर्मीको काममा जाने कामदारलाई फर्काउन र अनुचित लाभ खोज्न थालेपछि आकर्षक रोजगारीमा दरिएको काममा नेपालीको अवसर गुम्ने सम्भावना देखिएको छ ।

जहाज कम्पनीले आवश्यकताअनुसार जुनसुकै देशमा बोलाउने प्रकृतिको जागिरको लागि विमानस्थल अध्यागमनले जान लागेकै देशमा काम गर्ने इजाजतको कागज खोज्न थालेपछि नेपाली कामदारले यो काम नपाउने अवस्था बन्न लागेको हो ।

ब्रिटिश जहाज कम्पनी (एसपिएस) को लागि चैत २९ गते जेट एअरको उडानबाट  दिल्ली हुँदै कोलम्बो जान हिंडेका ३ कामदारलाई त्रिभुवन विमानस्थल अध्यागमनले कागजपत्र नमिलेको भन्दै जान दिएनन् । जान लागेको देश श्रीलंकामा काम गर्ने श्रम इजाजत नभएको भन्दै रोकिएको थियो । जनही १ सय अमेरिकी डलर घूस दिएपछि अध्यागमनका कर्मचारीले उनीहरुलाई जाने अनुमति दिएका थिए ।

कुरा मिलेको जनाएपछि कम्पनीले टिकट पठाइदिएकाले उनीहरु साढे ९ बजे कतार एअरवेजको उडानबाट गन्तव्यतिर लागे । ‘जेट एअरको साढे ३ बजेको उडानबाट अफलोड भएका कामदार कतार एअरवेजको साढे ९ बजेको उडानबाट गए,’ सम्बद्ध श्रोतले भन्यो । अध्यागमनले यसअघि जहाज कम्पनीले पठाएको ‘कामदारको जिम्मा लिन्छ’ भन्ने बेहोराको चिठीको आधारमा जाने  अनुमति दिँदै आएको थियो । उक्त दिन अध्यागमनमै जहाज कम्पनीबाट जिम्मा लिने बेहोराको इमेल मगाउँदा पनि कामदारले घूस ख्वाउन परेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमनमा निगरानी बढाउनुका साथै थुप्रै कर्मचारीलाई भ्रष्टाचार मुद्दा चलाएपछि यसरी कामदार विमानस्थलबाट र्फकनु वा लेनदेन गरी जान पर्ने भएको छ । ‘अख्तियारको कारबाहीले सुध्रेला भनेको त झन पहिले घूस दिन नपर्ने अवस्थामा पनि दिनपर्ने पो हुनथाल्यो,’ म्यानपावरसम्बद्ध श्रोतले भन्यो ।

‘जहाजको सुरक्षाकर्मीको ड्यूटीमा हिंडेका एकाध दर्जन कामदार दिनहूँ विभागमा आइपुग्छन,’ वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरी पुष्करले भने । उनका अनुसार वैदेशिक रोजगारीमा कामदारका आप्रवसानका बारे विभााग, अध्यागमन र अख्तियारको बुझाईमा एकरुपता नहुँदा समस्या उत्पन्न भएको हो । जहाज सुरक्षाकर्मीमा सम्भावित सबै देशको श्रम इजाजत सम्भव छैन । जहाजको सुरक्षामा जानेको कामको प्रकृति फरक हो । यसमा सम्भावित सबै मुलुकको श्रमस्वीकृति लिएर बस्ने  कुरा हुन्न । मिल्दापनि मिल्दैन ।

‘इजाजत दिइएको भन्दा अरु देशमा जान थालेपनि कामको प्रकृति र कम्पनीले जिम्मा लिएको आधारमा जाने छुट छ, ‘महानिर्देशकले भने । विभागले अध्यागमनलाई यो कुरा अवगत गराएको उनले जनाए । अध्यागमन विभागले पनि जहाजको सुरक्षाकर्मीका लागि जान थालेकै देशको श्रम इजाजत नचाहिने निर्देशन दिइसकेको उनले बताए । ‘फिल्डका कर्मचारीले अख्तियारले समाउछ भनेर डराएको हुन सक्छन ।

मालवाहक जहाजको सुरक्षाकर्मीका रुपमा नेपाली कामदार प्राथमिकतामा पर्छन । दैनिक कम्तिमा ६० अमेरिकी डलर पाइँने यो काम आम कामदारका लागि आकर्षक हो । यस्ता कामदारले खाडीको कुनै एउटा मुलुक (अधिकांशले युनाइटेड अरब इमिरेट्स० जान श्रम इजाजत लिएका हुन्छन । धेरैजसो  दुबई जानपर्ने भएकाले युएईको लागि इजाजत लिइएको हुन्छ । तर जहाज कम्पनीले आवश्यकताअनुसार जुनसुकै मुलुकमा बोलाउछ । नेपाली कामदारलाई बोलाइने मुलुकमा खाडीका युएई, ओमान, कतारका साथै श्रीलंका, भारत, मदागास्कर, मरिशस लगायतका देश पर्छन ।

कम्पनीले सामान लोड भएर जहाज गन्तव्यतर्फ अघि बढ्ने बेला आइपुग्ने गरी नेपालको सम्पर्क एजेन्सीलाई कामदार पठाइदिन भन्छन । गन्तव्यमा पुगेपछि यस्ता कामदारलाई नेपाल फर्काइन्छन । लामो समय उतै राख्न भन्दा जहाजको टिकट दिएर फर्काई पुन काम परेका बेला टिकट पठादिएर बोलाउँदा सस्तो पर्ने भएकाले जहाज कम्पनीले पूर्णकालीन सुरक्षाकर्मी राख्दैनन् ।

फेरी जहाज लोड भएर हिंड्न बेला पुग्ने गरी कामदारलाई बोलाउने चक्र चलिरहेको हुन्छ । सामान्यतया २ देखि ३ साता काम गरेर फर्किने कामदारले १ हजार अमेरिकी डलरभन्दा बढी रेमिट्यान्स भित्र्याउछन । सुरक्षाकर्मी आपूर्तीमा अवरोध हुन थालेपछि जहाज कम्पनीहरुले तिनका नेपालस्थित एजेण्टलाई समस्या समाधान नभए वैकल्पिक देशबाट कामदार लिने जानकारी गराइसकेका छन । यो आकर्षक काम गुम्न नदिन अध्यागमनका साथै अख्तियारसँग पनि छलफल गरिने महानिर्देशक पुष्करले बताए ।

जहाजको सुरक्षाका लागि कामदारको हकमा सम्बद्ध जहाजले जिम्मा लिएको पत्रको आधारमा जाने अनुमति दिने विभागको नीति रहेको अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलले बताए । यही नीति अनुरुप विमास्थल अध्यागमनका कर्मचारीलाई परिपत्र गरिएको जनाउँदै उनले भने, ‘तैपनि कसैले अनुचित लाभ लिएको वा दुःख दिएको पुष्टी भए कारबाही हुन्छ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न