२८ वर्षपछि आन्तरिक उडानमा निगमको नयाँ जहाज

१३ बैशाख २०७१, शनिबार ०५:३७ मा प्रकाशित

काठमाडौं, १३ वैशाख । नेपाल वायुसेवा निगमको चीनबाट ल्याइने एमए ६० जहाज तोकिएको मितिभन्दा एक दिन ढिलो आउने भएको छ ।

चीनबाट उडान गरेर नेपाल ल्याउन नागरिक उड्डयन प्राधिकरणले ‘नो अब्जेक्सन सर्टिफिकेट’ दिन ढिलाइ गरेकाले मिति पछि सरेको हो । शनिबार आउने भनिएको जहाज अब आइतबार दिउँसो आउनेछ ।

चीनबाट ल्याइने दुई एमए ६० मध्ये अनुदानबापतको एउटा आइतबार ल्याइँदै छ । ‘करिब २८ वर्षपछि आन्तरिक उडानमा नयाँ जहाज आएको छ,’ निगम प्रवक्ता रामहरि शर्माले भने, ‘केही कागजपत्र मिलाउन समय लागेकाले ढिलो भयो ।’ प्राधिकरणले शुक्रबार बेलुका निगमको जहाजका लागि नो अब्जेक्सन सर्टिफिकेट दिएको थियो । यस जहाजमा ५६ सिट क्षमता छ ।

उडान सञ्चालन अनुमति ९एओसी० भने जहाज आएपछि मात्र प्राधिकरणले जारी गर्नेछ । गत अप्रिल ३ मा चिनियाँ एभिएसन इन्डस्ट्री कर्पोरेसन (एभिक) ले जहाज निगमलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र