निगमलाई साढे दुई अर्ब ऋण दिने सरकारी निर्णय

१२ बैशाख २०७१, शुक्रबार १६:२८ मा प्रकाशित


काठमाडौं, १२ वैशाख । सरकारले जमानी बसेर नेपाल आयल निगमलाई साढे २ अर्ब ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
सिंहदरबारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमलाई साढे २ अर्ब रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।
निगमले भारतीय आयल कर्पोरेशनलाई बक्यौता रकम बुझाउन नसक्दा नेपाललाई उपलब्ध गराउँदै आएको पेट्रोलियम पदार्थको परिणाममा कटौती गर्दै आएको छ ।
बैठकले नर्वे सरकारले स्थानीय सामुदायिक विकास कार्यक्रमका लागि उपलब्ध गराएको ९३ करोड ५० लाख रुपियाँ स्वीकार्ने निर्णय गरेको मन्त्री रिजालले बताए ।
शिक्षा नियमावलीमा संशोधन गर्दै सरकारले २०७५ सालसम्मका लागि अस्थायी शिक्षकलाई एक पटकमा ६ महिना भन्दा बढीको म्याद नथप्ने गरी नियुक्त गर्न मिल्ने व्यबस्था पनि बैठकले गरेको छ ।
पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही पाँच लाख रुपियाँ नगदसहित सम्मान गर्ने निर्णय भएको रिजालले बताए ।
बैठकले नेपाल पत्रकार महासंघको आगामी अधिवेशनका लागि २० लाख रुपियाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई शान्ति सेनाको कमाण्डरका लागि प्रतिस्पर्धा गर्ने स्वीकृति पनि दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत