सुनको मूल्य अहिले सम्मकै सर्बाधिक महँगो

२२ बैशाख २०६९, शुक्रबार १९:४३ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । बिहिबार सरकारले सुनको भन्सार दर बढाएपछि शुक्रबार सुनको सुनको मूल्य अहिले सम्मकै सर्बाधिक महँगो भएको छ। स्थानीय बजारमा शुक्रबार सुनको भाउ प्रतितोला ६ सयले बढेर ५६ हजार रुपियाँ पुगेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकले सुनको भन्सार दर प्रति १० ग्राम पहिलेको भन्दा ८ सय रुपियाँले बढाउने निर्णय गरेको थियो। त्यस अनुसार अब नेपालमा सुन आयात गर्दा प्रति १० ग्राम २ हजार ३ सय रुपियाँ भन्सार महसूल तिर्नुपर्छ। यो वृद्धिपछि अब एक तोला सुनमा ९ सय ३३ रुपियाँ लागत बढेको छ। भारतको बजेटमा सुनको भन्सार दर बढेपछि नेपालमा पनि बढाउनु परेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड