‘तीनसय कर्मचारीले ग्रिनकार्ड लिएका छन्’

१२ बैशाख २०७१, शुक्रबार १४:१९ मा प्रकाशित

काठमाडौं, १२ वैशाख । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले झण्डै तीन सय विभिन्न तहका सरकारी कर्मचारीहरुले डीभी, पीआर र ग्रिनकार्ड लिएको प्रमाणित भईसकेको दाबी गरेका छन् ।
काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा मन्त्री पण्डितले त्यस्ता सबै निजामती लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुलाई कारवाही गर्ने अन्तिम तयारी भैरहेको जानकारी दिए ।
‘झण्ढै तीन सय कर्मचारीहरुले पीआर, डीभी र ग्रिनकार्ड लिएको प्रमाणित भैसकेको छ’, उनले भने, ‘तिनीहरुलाई कारवाही गर्न मन्त्रालयले अन्तिम तयारी समेत थालिसकेको छ । कसैले उम्मुक्ति पाउने छैनन् ।’
पीआर लिने डीभी परेका कर्मचारीको तथ्याङक संकलनमा सबैले सहयोग गररहेको उनको भनाई छ । ‘कसैले मोवाइलमा एस.एम.एस गरेर सहयोग गरेका छन्’, उनले भने, ‘कसैले मेरो इमेलमा सन्देश पठाउनुभएको छ । प्रमाणीकरण भैरहेको छ । प्रमाणित भएपछि नामावली सार्वजनिक गर्छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार