सोलुमा सुरक्षित सुत्केरी गराउने बढे

१२ बैशाख २०७१, शुक्रबार १४:०५ मा प्रकाशित

सोलुखुम्बु, १२ वैशाख । घर र गोठमा नै सन्तान जन्माउने सोलुखुम्बुका गर्भवती महिला अहिले अस्पतालसम्म जान थालेका छन् ।
आफूलाई सुरक्षित ठान्दै अस्पतालमा नै बच्चा जन्माउन आउने गरेका प्रसूति सेवा केन्द्र फाप्लुका प्रमुख सानी शेर्पाले बताईन् । पछिल्लो तथ्याङ्कअनुसार साउनदेखि हालसम्म जिल्ला अस्पताल फाप्लुमा १२५ जना बच्चा जन्माइसकेका छन् ।
फाप्लुमा आएकामध्ये ४० जनालाई काठमाडौं सिफारिस गरिएको छ । लामो समयसम्म व्यथा लागेको, बच्चाको टाउको ठूलो भई जन्मन समस्या भएकालाई काठमाडौं सिफारिस गरिएको प्रसूति सेवा केन्द्र प्रमुख शेर्पाले बताईन् ।
साउनपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा ४५ जना, सल्यानमा २४ जना, स्वास्थ्य चौकी बेनीमा आठ जना, चौलाखर्कमा १५ जनाले सुरक्षित प्रसूति गराएका छन् । त्यस्तै स्वास्थ्य चौकी गोराखानीमा १७ जना, गार्मामा पाँच, जुवुमा १५, नेलेमा २३ जना, लुक्लामा १८ जना र बासामा २१ जनाले सुरक्षित प्रसूति सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालय फाप्लुले जनाएको छ ।
स्वास्थ्य संस्थामा गई सुत्केरी गराउने सबैले यातायात खर्चबापत प्रतिसुत्केरी एक हजार ५०० पाउने व्यवस्था रहेको छ । त्यस्तै नियमित गर्भ परीक्षण गरेबापत थप ४०० समेत पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार