राप्रपा नेपालले समितिका निर्वाचन बहिष्कार गर्ने

१२ बैशाख २०७१, शुक्रबार १२:५७ मा प्रकाशित

काठमाडौं, १२ वैशाख । ठूला राजनीतिक दलले संविधान सभामा बिभिन्न समितिको निर्वाचनका क्रममा संकीर्ण र निषेधको मानसिकता प्रदर्शन गरेको आरोप लगाउदै राप्रपा (नेपाल) ले संविधानसभाका समितिहरुको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा आज (शुक्रबार) काठमाडौंमा बसेको संसदीय दलको वैठकले समितिका सभापति चयनको निर्वाचन र बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।
‘निर्वाचनमा राप्रपा (नेपाल)लाई निषेध गर्ने केही राजनीतिक दलहरुको नियत प्रति खेद व्यक्त गर्दै आज हुने समितिहरुको निर्वाचन राप्रपा नेपालले बहिष्कार गर्ने निर्णय गरेको छ’, पार्टीका प्रवक्ता मोहन श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।
संविधान सभाका ५ समितिमध्ये एक समितिको नेतृत्व आफूले पाउनुपर्ने माग राप्रपा (नेपाल)ले गरेपछि ठूला तीन दलले ५ वटै पदमा निर्वाचन गर्ने निर्णय गरेका थिए । ठूला तीन दलले ५ मध्ये एक–एक सभापति आफूले लिने र दुई सभापति मधेसी तथा साना दलहरुलाई दिने सहमति गरेका थिए ।
समितिका सभापतिका लागि आजै साँझ ५ बजे निर्वाचन हुने कार्यक्रम छ । ५ मध्ये चार समितिमा एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले सर्वसम्मत नेतत्व चयन हुनेछ ।
संविधान मस्यौदा समितिमा कांग्रेसका सभासद कृष्ण सिटौला, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा एमालेका सभासद विष्णु पौडेल, क्षमता अभिवद्धि तथा श्रोत व्यवस्थापन समितिमा फोरम नेपालकी लक्ष्मीकुमारी चौधरी र नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा नेकपा (संयुक्त) की प्रमिला राणाको मात्र उम्मदवारी परेको छ । प्रमुख दलहरु बीच सहमति पछि मनोनयन आएकाले उनीहरु निर्बिरोध हुँदैछन् ।
संवाद समितिको सभापतिमा एमाओवादीका सभसाद बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रियाको विरोध गरिरहेका साना दलले उनी विरुद्ध रामकुमार राईको उम्मेदवारी दिए पछि सो समितिका लागि भने निर्वाचन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार