मौका छोपी कालोबजारी

१२ बैशाख २०७१, शुक्रबार ०८:०३ मा प्रकाशित

मोरङ, १२ वैशाख । अभाव भएको मौका छोपी कालोबजारी गर्नेहरुले पेट्रोल प्रतिलिटर पाँचसय रुपियाँसम्ममा बिक्री गरिरहेका छन् ।

ग्रामीण भेगका बजारमा सञ्चालित किराना पसलमा बोतलमा राखेर प्रतिलिटर पाँचसय रुपैयाँका दरले पेट्रोल बिक्री भइरहेको छ । विराटनगरमा भने प्रतिलिटर दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ । पेट्रोलको बजार मूल्य भने प्रतिलिटर एकसय ३५ रुपियाँ तोकिएको छ ।

खासगरी ग्रामीण भेगका बजारमा मिनिरल वाटरका बोतलमा भरेर पेट्रोल बिक्री हुने गरेको छ । मोरङ बिराटचोकस्थित सनराइज बैंकका शाखा प्रबन्धक यादब खतिवडाले बिहीबार नेताचोक बजारमा एक लिटर पेट्रोल पाँच सय रुपियाँमा खरिद गरेको बताए ।

उनले भने ‘खुलेआम तेब्बरभन्दा धेरै मूल्य लिएर कालोबजारी भइरहेको छ । तर, सम्बन्धित निकायले चासो दिएको छैन् ।’ ग्रामीण बजारमा सडकछेउमै मेचमा बोतलमा राखेर पेट्रोल बिक्री हुने गरेको छ ।

मोरङका कटहरी, कसेनी, रंगेली, डायनिया, इटहरा, पथरी, उर्लाबारीलगायतका बजारमा पेट्रोलको कालोबजारी भइरहेको स्थानीय उपभोत्ताले बताएका छन् । पथरी बजारमा तीन सय ५० रुपियाँमा बिक्री भइरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण