
काठमाडौं, १२ वैशाख । शाहीकालमा जिल्ला विकास समिति काठमाडौंका तत्कालीन पदाधिकारीहरुले सरकारले सुविधाका लागि दिएको मोवाइल फोनसमेत फिर्ता गरेका छैनन् । ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा चुनिएका पदाधिकारीले मोबाइलसमेत पचाए ।
आफू सरुवा हुँदा वा अवकाश पाउँदा सरकारबाट पाएको मोवाइललगायतका जिन्सी सामान फिर्ता गर्नुपर्ने नियम छ । तर, तत्कालीन १४ अधिकारीले मोबाइल फोन फिर्ता नगरेका हुन् ।
महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष ०६९/७० को लेखापरीक्षण प्रतिवेदनमा तत्कालीन उपसभापति विष्णुप्रसाद सिग्देलसहितका १४ अधिकारीले मोबाइल फिर्ता नगरेको उल्लेख गरिएको छ ।
उपसभापति सिग्देलसहित अन्य १२ जनालाई २२ असार ०६१ मा समान १२ हजार पाँचसय दरका मोबाइल वितरण गरिएको थियो । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि
काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता