चुपचाप छन् भट्टराई र श्रेष्ठ

१२ बैशाख २०७१, शुक्रबार ०५:३२ मा प्रकाशित

काठमाडौं, १२ वैशाख । एमाओवादीको राष्ट्रिय सम्मेलन हुन एक साता मात्र बाँकी छ । तर नेतृत्वमा टक्कर दिँदै आएका नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुपचाप छन् । भट्टराई एउटै जिल्ला सम्मेलनमा पुगेका छैनन् भने श्रेष्ठ कास्की र ललितपुरको जिल्ला सम्मेलनमा मात्र सहभागी भए ।

वैचारिक रूपमा स्पष्ट नभई सम्मेलनले मात्र पार्टी बन्न नसक्ने तर्क गर्दै भट्टराईले त्यसलाई खासै महत्त्व नदिएको स्रोतले बतायो । ‘विचारबिनाको संगठन बनाउन सम्मेलन गर्ने कुरा हुँदै छ,’ भट्टराई निकट स्रोतले भन्यो, ‘पहिले विचार समृद्ध गराउनुपथ्र्यो, अनि मात्र संगठन बन्थ्यो ।’

दाहालले वैचारिक बहस नगरी पेलेर राष्ट्रिय सम्मेलन गर्न लागेका आरोप लगाउँदै भट्टराईले ुनाम मात्रको सांगठनिक राष्ट्रिय सम्मेलनको खास अर्थ नहुनेु बताउन थालेका छन् । पुरानै विचार लिएर गर्ने सम्मेलनले नेता तथा कार्यकर्तामा उत्साह नथप्ने भट्टराईको तर्क छ । भट्टराई राष्ट्रिय सम्मेलनभन्दा विशेष महाधिवेशनको पक्षमा थिए ।

‘नयाँ शक्ति’ निर्माणको बहस ल्याएका भट्टराई सम्मेलन आउन एक साता मात्र बाँकी रहँदा सबै पक्षको उत्साह नदेखिनुको कारण खोज्नुपर्ने बताउन थालेका छन् ।

उनले संस्थापन पक्ष शक्तिको बलमा सम्मेलन टुंग्याए नयाँ वैचारिक बहसलाई थान्को लगाउने बाटोमा अघि बढेको निकट नेताहरूसँग भन्न थालेका छन् । ‘नयाँ विचारबिनाको पार्टी खोक्रो हुन्छ,’ भट्टराई निकट एक नेताले सुनाए ।

श्रेष्ठ पनि संस्थापन पक्षको कार्यशैलीका कारण असन्तुष्ट छन् । आफूले उठाउँदै आएको राष्ट्रिय स्वाधीनताको मुद्दालाई संस्थापन पक्षले गम्भीर रूपमा नलिएको उनको आरोप छ ।

संस्थापनको कार्यशैलीलाई व्यंग्य गर्न उनी सार्वजनिक यातायात चढ्न थालेका छन् । संस्थापन पक्षले यसलाई ुपद र सुविधाु को बार्गेनिङ गरेको आरोप लगाएको छ । राष्ट्रिय सम्मेलनको मुखमा श्रेष्ठले कार्यकर्ताको मन जित्न यस्तो जीवनशैली अपनाएको संस्थापनको भनाइ छ ।

भट्टराई र श्रेष्ठको प्रभाव भएको क्षेत्र बारा, पर्सा, रौतहट, सप्तरीलगायत तराईका केही जिल्लामा अधिकांश गाविसमा सम्मेलन हुन सकेको छैन । जसका कारण जिल्ला सम्मेलन हुन गाह्रो देखिएको छ ।

दुवै पक्षका नेताहरूले सदस्य नवीकरणको विवाद देखिएको भन्दै गाउँ सम्मेलनप्रति रुचि देखाएका छैनन् । दैलेख जिल्ला सम्मेलन नहुने निश्चित भएको छ ।

उक्त जिल्लामा सदस्यता नवीकरण नभएकाले केन्द्रले मनोनीत गरी प्रतिनिधि चयन गर्नेछ । त्यस्तै, दोलखा र गोरखामा पनि गाउँ र जिल्ला सम्मेलनका लागि अवरोध देखिएको छ । दुई पक्षका स्थानीय नेताबीच विवादका कारण सम्मेलनमा बाधा पुगेको हो ।

संस्थापनका नेता हरिबोल गजुरेलले वैशाख १५ भित्र अधिकांश जिल्ला सम्मेलन सकिने बताए । ‘विविध कारणले जिल्ला सम्मेलन हुन नसके पनि केन्द्रले प्रतिनिधि मनोनयन गरी राष्ट्रिय सम्मेलनमा सहभागी गराउनेछ,’ उनले भने, ‘सहमति नभए निर्वाचनबाट प्रतिनिधि चयन गर्ने प्रावधान हो ।’

सम्मेलनको मुख्य उद्देश्य संगठनलाई चुस्त बनाउने भएकाले वैचारिक बहस कम हुने उनको भनाइ छ । ‘वैचारिक बहसको उठान भएर विशेष महाधिवशेनमा जान्छ ।’

श्रेष्ठ पक्षका नेता डीआर पौडेलले केही जिल्लामा विचार र पक्षका आधारमा ‘भेदभाव’ भए पनि ठूलो समस्या नआएको बताए । ‘केही स्थानमा पूर्वमाओवादी भन्दै प्रतिनिधि चयनमा समस्या आएका छन्, ठूलो समस्या भने होइनु उनले भने, ‘सबै पक्ष राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको छ ।’ एमाओवादी राष्ट्रिय सम्मेलन वैशाख १८ देखि विराटनगरमा हुँदै छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा