जनवर्गीय संगठनको समर्थन देखाउने प्रयास

१२ बैशाख २०७१, शुक्रबार ०५:२५ मा प्रकाशित

काठमाडौं, १२ वैशाख । एमालेको केपी ओली समूहले कुनै पनि हातलमा नेतृत्व लिने गरी एकबद्घ भएर अघि बढ्न निकटहरुलाई निर्देशन दिएको छ । आफू निकट जनवर्गीय संगठन, पदाधिकारी, केन्द्रीय नेता र सभासद्हरुको बिहीबार भेला गर्दै ओली समूहले भावी नेतृत्वका लागि माहौल बनाउन भनेको हो ।

बरिष्ठ नेता माधव नेपाल समूहले बुधबार नेपालको उम्मेद्वारी घोषणा गरेलगत्तै ओली समूहले आफ्नो शक्ति देखाउन पार्टीका अगुवाहरुको भेला गरेको हो ।

राजधानीको नयाँ बानेश्वरमा बिहीबार आयोजित भेलामा अधिकांश जनवर्गीय संगठनका प्रमुखहरु ओली पक्षमा रहेको देखाउन उनीहरुलाई बोल्ने मञ्च उपलब्ध गराईएको थियो । किसान महासंघका कार्यबाहाक अध्यक्ष केशवलाल श्रेष्ठ र सचिव बलराम बाँस्कोटा, अखिल नेपाल महिला संघका महासचिव थममाया थापाले बोलेका थिए ।

किसान महासंघका अध्यक्ष बामदेव गौतम हुन् भने अनेमसंघकी अध्यक्ष विद्या भण्डारी हुन् । दुवै हाल ओली समूहमै छन् । लोकतान्त्रिक जनजाती महासंघका प्रमुख पृथ्वी सुब्बा गुरुङ, जनसांस्कृतिक महासघंका अध्यक्ष खगेन्द्र राई, युवा संघका अध्यक्ष महेश बस्नेत, अनेरास्ववियूका अध्यक्ष किशोरविक्रम मल्ललगायतलाई संगठनको तर्फबाट भन्दै सम्बोधन गर्न दिइएको थियो । पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्मा, केन्द्रिय सदस्य किरण गुरुङ, सत्यनारायण मण्डललाई पनि बोल्न दिइएको थियो ।

भेलामा सचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवालीले बैचारिक र सैद्धान्तिक अवधारणा पेश गर्दै बैचारिक रुपमा पार्टीलाई सबल र गतिशिल बनाउन ओलीको अपरिहार्यता पुष्टी गर्न खोजेका थिए ।  उनीहरुले पार्टी भित्र देखिएका सैद्धान्तिक बैचारिक बहसहरुलाई गतल ढंगले अघि बढाउने खोजेको आरोप नेपाल समुहप्रति लगाए ।

‘कसैले पनि नेपाली समाज २००६ साल वा २०४९ सालकै अवस्थामा छ भनेको छैनु सचिव शंकर पोखरेलले भने,’ भन्दै  नभनेको कुरलाई गतल व्याख्या गर्दै आफूलाई धेरै अघि बढाउन खोज्नु भनेको अर्को लफ्फाजी नै हो ।’ उनले  ‘पुरानो टोपीमा नयाँ पोसाक लगाउनेु नेपाल समूहका नेताहरुले बुधबार दिएको अभिव्यक्तिलाई ‘गाईजात्रा’को संज्ञा दिए । ‘नयाँ दौरा सुरुवालमा पुरानो टोपी लगाउने गाइजात्रा नगरौ’ पोरखेलको भनाई थियो,’नयाँ टोपी लगाऔ त्यसले मात्र शोभा दिन्छ ।

‘अर्का नेता प्रदी ज्ञवालीले पार्टीको नियमित काम  अन्तर्गतको महाधिवशेनलाई महाभारतको युद्ध जस्तो बनाउने खोजिएको टिप्प्णी गरे । ‘यो महाधिवशेन हो कि महाभारतको युद्ध ?’ नेता ज्ञवालीले भने, ‘महाधिवेशन पार्टी जिवनको एउटा काम हो यसलाई सहज रुपमा अघि बढाऔ  बहसलाई तिक्तता बनाउने र जेकुरालाई पनि सैद्धान्तिक लेपन लगाउने कुरा ठिक होइन ।’

कार्यक्रमका संचालक समेत रहेका केन्द्रिय सदस्य भानुभक्त ढकालले कुनै पनि तागतले अब ओलीलाई अध्यक्ष हुन बाट नरोक्ने घोषणा सुरुमै गरे । ‘जस्तासुकै तगारा,सिमा र पर्खाल लगाए पनि केपी ओलीलाई अयक्ष हुनबाट कसैले रोक्न सक्ने छैन’  कार्यक्रमको भूमिका बाध्दै ढकालले भने । ओली समूहको तर्फबाट गत साता नै नेता पोखरेल र ज्ञवालीले संचारकर्मीहरुसंग आफ्नो अवधारणा पेश गरेका  थिए । त्यही अवधारणालाई उनीहरुले पार्टीका अगुवा नेताहरुलाई पनि जानकारी गराए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा