संविधान बन्छः अध्यक्ष महतो

२२ बैशाख २०६९, शुक्रबार १९:३४ मा प्रकाशित

जनकपुर, २२ वैशाख । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको २४ दिनभित्रै देशमा संविधान जारी हुने बताएका छन् । उनले संविधान निर्माणका लागि बा“की रहेको २४ दिनभित्रै नेपाली जनताले संविधान पाउने ठोकुवा गरे ।  जनकपुरमा आजदेखि सुरु भएको पार्टीको पाँचौ महाधिवेशनको उद्घाट्न गर्दै अध्यक्ष महतोले अब बन्ने संविधानमा मुलुकको हरेक क्षेत्रका जनतालाई उनीहरुको आ-आफ्नो प्रान्त मिल्ने दाबी गरे । अध्यक्ष महतोले राष्ट्रिय सहमतिको सरकार अबको एकदुई दिन भित्रै गठन हुने र जेठ १४ मै संविधान जारी हुने जानकारी दिए । उनले देश संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले हस्ताक्षर गरेको सरकारको ४ बुंदे समझौतापत्रको परिणामस्वरुप नै शान्ति प्रक्रियाको महत्वपूर्ण कार्य माओवादी लडाकुको समायोजन निष्कर्षमा पुग्न लागेको जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल