पाँच बुँदे सहमति संविधान निर्माणमा शुभ संकेत: राष्ट्रपति

२२ बैशाख २०६९, शुक्रबार १९:३१ मा प्रकाशित

जनकपुर, २२ वैशाख । राष्ट्रपति रामवरण यादवले बिहीबार प्रमुख दलहरुका बीच भएको पाँच बुँदे सहमतिले संविधान निर्माणमा शुभ संकेत दिएको टिप्णी गरेका छन् ।
राष्ट्रपति यादवले संसद् भित्रका दुइ तिहाई सभासद एक ठाउँमा आएको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।
गृहनगर जनकपुरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति यादवले प्रमुख चार राजनीतिक दलबीच भएको सहमति संविधान निर्माणमा महत्वपूर्ण हुने बताए । उनले सहमतिले शान्ति र संविधान टुङ्गिने विश्वास अझै बढेको बताए ।
नयाँ बन्ने संविधानमा सम्पूर्ण भाषाभाषी, जातजाति, धर्मलाई समेट्नु पर्ने राष्ट्रपति यादवको भनाई थियो ।
जनकपुरमा बम विष्फोटबाट भएको मानवीय क्षेतीप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘यो मानवता विरुद्धको घटना हो, यसको जति भर्सत्ना गरेपनि पुगदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।