थारू होेमस्टेमा पर्यटकको आकर्षण बढ्दो

११ बैशाख २०७१, बिहीबार १५:२९ मा प्रकाशित


चितवन, ११ वैशाख । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने अमल्टारी मध्यवर्ती क्षेत्रमा सञ्चालित थारू होमस्टे पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
घरेलु वातावरण र थारूको परिकारमा रमाउनका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् । अग्यौलीको बाघखोरमा सञ्चालित २१ होमस्टेमा विभिन्न जिल्ला तथा नेपाल बाहिरबाट समेत पर्यटकहरु आउने गरेको होमस्टे व्यवस्थापन समितिका सचिव छन्नुराम महतोले बताए ।
चितवनको तराई भूपरिधि (ताल) कार्यक्रमको सहयोगमा सञ्चालित होमस्टेले एक वर्ष नपुग्दै करिब आठ हजार पर्यटक भित्र्याउन सफल भएको महतोले बताए । होमस्टेबाट अहिलेसम्म २४ लाख रकम आम्दानी भएको र सो रकमको १० प्रतिशत होमस्टे सञ्चालनका लागि खर्च गर्ने गरिएको महतोको भनाइ छ ।
अतिविपन्न समुदाय जङ्गलमा आश्रित हुन नपरोस् र वनजङ्गल र वन्यजन्तुको संरक्षण होस् भन्ने उद्देश्यले होमस्टे सञ्चालनका लागि सहयोग गरेको ताल कार्यक्रमका प्रतिनिधि तथा चितवन निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामपृत यादवले बताए ।
होमस्टेमा बस्ने पर्यटकहरुलाई जङ्गल सफारी, गैँडा अवलोकन तथा नारायणीमा डुङ्गा सफारीसमेत गराइने गरिएको छ । बोटे र थारू सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेर थारूहरुले पर्यटकलाई लोभ्याउने गरेका छन् ।
विगतमा आयआर्जन नहुँदा जङ्गल मासिने गरेकामा अहिले संरक्षण भई नजिकैको सामुदायिक वनमा समेत गैँडा खेल्ने गरेकाले पर्यटकहरुको आकर्षण थपिएको होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा